भारतलाई छेक्न नेपालमा चीन आउँदैन : पाण्डे


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

एमाले नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा चीन आएर भारतीय हस्तक्षेप रोकिदिन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरेका छन् । चीनको सम्वृद्धि र नेपालले लिन सक्ने अवसरका विषयमा ‘नेपाल पिस विल्डिङ इनिसिएटिभ’ले शुक्रबार राजधानीमा आयोजना गरेको छलफलमा पाण्डेले सुदृढ अर्थतन्त्रको निर्माणले मात्रै विदेशी हस्तक्षेप रोकिने बताए ।

‘आज हामी भारतसँग मात्रै निर्भर भएकाले चीन आएपछि भारती हस्तक्षेप रोकिन्छ भन्ने परेको हुनसक्छ,’ उनले भने, ‘नेपालको सावैभौमिकतामा सैनिक हस्तक्षेप भएको अवस्थामा बाहेक यहाँ कसैले अपेक्षा गरेर चीन आउँने पनि होइन । अहिले नेपालमा त्यस्तो सैनिक हस्तक्षेपको सम्भावना पनि छैन ।’

उत्तर र दक्षिण छिमेकीको सम्वृद्धिबाट फाईदा लिन सक्ने थुप्रै विषय भए पनि देश बनाउने मुख्य काम नेपाली आफैले गर्नुपर्ने उनको भनाई थियो । ‘हामीले कुनै पनि मित्र राष्ट्रबाट लिने अनुदान र ऋण लागानी गरी मुनाफा लिन सक्नु पर्छ,’ पाण्डेले भने, ‘लागनीद्वारा मुनाफा आर्जन गर्न सकिएन भने ऋण त के जतिसुकै ठूलो अनुदान लिएर पनि देश विकसित र धनी हुँदैन ।’

चीनले अघि सारेको ‘वान वेल्ड वान रोड (ओबीआर)बाट नेपालले फाईदा लिन सक्ने उल्लेख गर्दै माओवादी नेता पूर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले सिगात्सेको रेल केरुङ हुँदै काठमाडौं आईपुग्नु अगावै नेपालले निर्यात्यजन्य उत्पादन थाल्नुपर्ने बताए । संवृद्धिका लागि सडक, रेलजस्ता पूर्वाधार अत्यावश्यक हुने भए पनि यातायात्र सञ्जाल निर्माणले मात्रै देश विकसित हुँदैन भन्नेमा पूर्वमन्त्री पाण्डे र बस्नेतको एक मत थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायातका पूर्वाधारले अन्तर्राष्ट्रिय बजारबाट वस्तुको आयात सहज हुने उल्लेख गर्दै उनीहरुले त्यसको सट्टामा निर्यातजन्य सामग्रिको पहिचान, उत्पादन र व्यापारिक सिपको विकास गर्नुपर्ने उनीहरुको भनाई थियो । ‘छिमेकीले हाम्रो सिमासम्म रेल मात्रै वनाउँदै छैनन, यहाँ सामान वेच्ने वजार पनि हेरेका छन्,’ पूर्वमन्त्री पाण्डेले भने( ‘पूर्वाधारले अवसर मात्रै सिर्जना गर्दैन, खरिदारी पनि बढाउछ । हामीले त्यसको सामना कसरी गर्छौ भन्ने योजना वनाउन ढिला गर्नु हुदैन ।’

चीनले मात्र नभई कुनै पनि देशले आफ्नो राष्ट्रिय हितका लागि छिमेकी र अन्य मुलुकहरुमा लगानी गर्ने उल्लेख गर्दै कार्यक्रममा सहभागिहरुले ओबीआरको अवसरलाई नेपालले पर्यटन, शिक्षा जस्ता सेवा क्षेत्र र जलविद्युत परियोजना निर्माण र निर्यातमा उपयोग गर्न सकिने धारणा राखे । पारस्परिक लाभका लागि नेपालले राख्ने प्रस्तावलाई चीनले स्वीकारगर्दै विश्वास व्यक्तगर्दै पूर्व राजदुत महेश मास्केले रसुवागडी सडकको स्तरोन्नतीका लागि चीनियाँ सहयोग लिन सकिने वताए ।

कार्यक्रममा रुसका लागि पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ, सुरक्षाविद् दीपक भट्ट, द्वन्द्वविद् प्रमोद जैसवालले चीनको बढ्दो अर्थतन्त्रबाट नेपालले लिन सक्ने फाइदाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । राजनीतिक अस्थिरतका कारण नेपालको सम्वृद्धि र विकासमा ढिलाई भएको उल्लेखगर्दै पूर्व गृहमन्त्री बस्नेत, नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पराजुलीलगायतका नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्ने धारणा राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com