नेपाली पासपोर्टवाहकलाई ३८ देश जाँदा पहिले नै भिसा लिनु पर्दैन, यी हुनसक्छन् आकर्षक गन्तव्य


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

नेपाली पासपोर्टवाहकलाई पनि विश्वका विभिन्न ३८ देशको यात्रा गर्दा पहिले नै भिसा लिनु पर्दैन । हेन्ले पासपोर्ट इन्डेक्स अनुशार ती देशमा यात्रा गर्दा या त भिसा लाग्दैन, या त अन अराइभल भिसा प्रदान गरिन्छ । तीमध्ये केही देशमा यात्रा गर्दा भने विद्युतीय यात्रा अनुमति ईटीए लिनुपर्छ ।

ओसियानिया कुक आइल्याण्ड, माइक्रोनेसिया, निउ यात्रा गर्न नेपाली पासपोर्टवाहकलाई भिसा चाहिदैन । पलाउ आइल्याण्ड, सामोआ र टुभालुमा नेपाली पासपोर्ट वाहकलाई अन अराइभल भिसा प्रदान गरिन्छ ।

man dancing fire dance surrounded by people at beach

क्यारेबियनमा डोमिनिका, हैटी र सेन्ट भिन्सेन्ट एण्ड ग्रेनेडाइन्समा नेपाली पासपोर्टवाहकलाई भिसा आवश्यक पर्दैन । दक्षिण अमेरिकामा बोलिभियामा नेपालीलाई अन अराइभल भिसा प्रदान गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसियाका बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, टिमोर लेस्टेमा नेपाली पासपोर्टवाहकलाई भिसा अन अराइभलको व्यस्था रहेको छ । भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स र सिङ्गापुरमा नेपाली पासपोर्टवाहकलाई प्रवेश गर्न भिसा आवश्यक पर्दैन । त्यस्तै श्रीलंकामा विद्युतीय यात्रा अनुमति ईटीए लिनुपर्छ ।

man sight seeing on mountain

अफ्रिकामा भने धेरै देशमा नेपालीहरुलाई विना भिसा वा भिसा अन अराइभलको सुविधा रहेको छ । बुरुन्डी, केप भर्डे आइल्याण्ड, कोमोरो आइल्याण्ड, इजिप्ट,
गिनी बिसाउ, मेडागास्कर, मौरिटानिया, मौरिसस, मोजाम्बिक, रुवाण्डा, सेशेल्स, सोमालिया, तान्जानिया, टोगो र युगान्डामा अन अराइभल भिसाको व्यवस्था छ । त्यस्तै सेनेगल र गाम्बिया जानका लागि नेपाली पासपोर्ट वाहकले भिसा लिन आवश्यक पर्दैन ।

photo of beige temple

भिसा लिनु नपर्ने, अन अराइभल भिसा प्रदान गरिने वा विद्युतीय यात्रा अनुमति ईटीए लिनुपर्ने भएतापनि फरक फरक देशका फरक फरक अध्यागमन नियमहरु रहेका छन् । कतिदिनसम्म बस्न पाइने भन्नेबारे पनि फरक फरक नियमहरु रहेका छन् । त्यसैले त्यस्ता नियमहरुको भने पालना गर्नुपर्छ ।

एसियामा नेपालीहरुको आकर्षक गन्तव्य सिंगापुर रहदै आएको छ । सिंगापुर जान नेपालीलाई भिसा चाहिँदैन । तपाईलाई चाहिने मात्र कागजात कम्तिमा ३० दिनसम्म बस्न मिल्नेगरी वैधता भएको राहदानी हो। सामान्यतया ६ महिनाभन्दा बढीको म्याद भएको पासपोर्टमा यात्रा गर्न सकिन्छ ।

विश्वका ८ खराब पासपोर्टको सुचीमा नेपाल, तर सोमालिया, सिरिया लगायत ६ देशको भन्दा राम्रो

विश्वका शक्तिशाली पासपोर्ट हुनेमा एसियाका ३ देश, यूके छैठौं, अमेरिका सातौं, क्यानडा आठौं

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com