विश्वका ८ खराब पासपोर्टको सुचीमा नेपाल, तर सोमालिया, सिरिया लगायत ६ देशको भन्दा राम्रो


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

हेन्ले पासपोर्ट सूचकांक अनुसार २०२३ मा राख्नका लागि सबैभन्दा खराब पासपोर्टहरूको टप ८ मा नेपाली पासपोर्ट पनि परेको छ । संसारका ४० वा त्यो भन्दा कम देशहरूमा विना भिसा वा अन अराइभल भिसा पहुचका आधारमा ८ खराब पासपोर्टको सुची तयार पारिएको हो ।

८ खराबमा सबैभन्दा खराब अफगानिस्तान पहिलो नम्बरमा रहेको छ । अफगानिस्तानका पासपोर्टवाहकलाई २७ देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ । दोश्रोमा इराक रहेको छ । इराकका पासपोर्टवाहकलाई २९ देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ ।

विश्वको सबैभन्दा कमजोर  अफगान पासपोर्ट

तेश्रोमा सिरिया रहेको छ । सिरियाका पासपोर्टवाहकलाई ३० देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ । चौथोमा पाकिस्तान रहेको छ । पाकिस्तानका पासपोर्टवाहक ३२ देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश गर्न सक्छन् ।

पाँचौंमा यमन ३४ गन्तव्यका साथ, छैठौंमा सोमालिया ३५ गन्तव्यका साथ कमजोर पासपोर्टको सुचीमा रहेको छ । सातौं कमजोर पासपोर्ट नेपाल र प्यालेष्टाइन रहेको छ । यी देशका पासपोर्टबाट ३८ वटा देशमा विना भिसा वा अन अराइभल भिसामा प्रवेश गर्न सकिन्छ । कुल सुचकांकमा नेपाल १०३ औं नम्बरमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरिया विश्वको ८ औं खराबमा परेको छ । उत्तर कोरियाको पासपोर्टबाट विश्वका ४० गन्तव्यमा मात्र विना भिसा वा अन अराइभल भिसामा यात्रा गर्न सकिन्छ ।

हेन्ले पासपोर्ट सूचकांकले १९३ पासपोर्टहरुलाई पासपोर्टवाहक विना भिसा वा अन अराइभल भिसामा यात्रा गर्न सक्ने देशका संख्याका आधारमा १०९ वटा नम्बरमा सुचिकृत गरेको छ । कतिपय पासपोर्टहरुबाट बराबर देशको यात्रा गर्न सकिने भएकाले सुचकांक नम्बर १०९ मा सिमित भएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com