न्युयोर्कमा १५ बर्षकी बालिकासँग यौन सम्पर्कका लागि गएका नेपाली प्रहरीको फन्दामा, साढे २ लाख डलर धरौटी


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

न्युयोर्कमा १५ बर्षकी बालिकासँग यौन सम्पर्कका लागि गएका एक नेपाली प्रहरीको फन्दामा परेका छन् । उनी टीनएजर बालिकाका रुपमा अनलाइन च्याटमा प्रस्तुत पाशोमा परेका हुन् ।

पक्राउ परेका व्यक्ति ३४ बर्षीय नेपाली श्याम गौली रहेका छन् । नेपालमा बर्दिया घर भएका उनी न्युयोर्कको लङ आइल्याण्डमा बस्दै आएका थिए । गौलीका नेपालमा श्रीमती र एक बच्चा छन् । अण्डरएज केटीका रुपमा प्रस्तुत स्थानीय अनलाइन समुहले १५ बर्षीय युवतीका रुपमा श्याम गौलीसँग कुराकानी गरेको थियो ।

प्रहरीका अनुसार अधिकारीहरूलाई गौलीसँगको समूहको कुराकानीको प्रतिलिपि भएको बाइन्डर समेत प्रदान गरिएको छ । आफूले च्याट गर्दै गरेको पाशो १५ बर्षको रहेको कुरा गौलीलाई थाहा भएपनि उनी यौन सम्पर्कको आशयका साथ उक्त स्थानमा गएका थिए । उनलाई गत बुधबार पक्राउ गरिएको हो ।

कुराकानीले गौलीले यौन फोटो र भिडियो सहित धेरै यौन सन्देशहरू पठाएको खुलासा गरेको छ। गौली कथित रूपमा केटीलाई भेट्न न्यूयोर्कबाट क्लियरफिल्ड काउन्टीको यात्रा गरेका थिए । तर त्यहाँ कुनै केटी नभएर फसाउनका लागि पाशोमात्र थियो । अनलाइन समुह ८१४ प्रेड हन्टरले प्रहरीलाई खबर गरेपछि क्लियरफिल्ड काउन्टी कोर्टहाउस क्षेत्रबाट गौलीलाई पक्राउ गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौलीलाई क्लियरफिल्ड काउन्टी जेलमा साढे २ लाख डलर जमानतमा राखिएको छ। उनीमाथि नाबालिगसँगको यौन सम्पर्क प्रयास र सञ्चार उपकरणको आपराधिक प्रयोगको आरोप छ।

अमेरिकामा ३७८ वर्षको जेल सजाय भोग्दै एक नेपाली, अर्कालाई १० बर्ष कैद

अमेरिकामा कैयन नेपालीहरु अण्डरएजसँग यौन सम्पर्क गरेको वा गर्ने प्रयास गरेका कारण फस्ने गरेका घटनाहरु नयाँ होइनन् । उनीहरुमध्ये कैयनले जेल सजाय काट्नुपरेको समेत छ भने एकजना नेपाली मस्ट वाण्टेड सुचीमा समेत रहेका छन् ।

सन् २०२१ को जुलाईमा ३२ बर्षका नेपाली सञ्जय लामालाई अमेरिकाको अदालतले संघीय जेलमा १० बर्षको सजाय फैसला गर्यो । जसमध्ये १० बर्ष उनले संघीय जेलमा कैद सजाय भुक्तान गर्नुपर्छ भने अर्को १० बर्ष उनलाई जीपीएस लगाएर छाडिनेछ । अमेरिकाको फ्लोरिडामा पक्राउ परेका २९ बर्षका नेपाली सञ्जय लामाले १२ बर्षकी बालिकासँग यौन सम्पर्क गर्न खोजेका थिए । सन् २०१९ को सेप्टेम्बर २५ मा पक्राउ परेका उनी २०२१ को मार्च २६ मा दोषी ठहर भएका थिए भने सन् २०२१ को जुलाईमा उनलाइै कैद सजाय सुनाइएको थियो ।

लामाले च्याटमा १२ बर्षकी बालिका ठानेर कुरा गरेका व्यक्ति अण्डरकभर एफबीआई एजेण्ट थिए । जब एजेण्टले च्याटमा आफू १२ बर्षकी बालिका भएको बताएका थिए, त्यसपछि पनि लामा उनलाई भेट्नका लागि तयार भएर गएका थिए । मोटरसाइकल चढेर बालिका भेट्न गएका लामा एफबीआईको फन्दामा परेका थिए ।

बालबालिकाबिरुद्ध यौन दुब्र्यबहार हुन नदिन अमेरिकी सरकारले २००६ देखि यसरी इन्टरनेटमा नक्कली बालबालिकाका एकाउण्ट बनाएर बालबालिकासँग यौन सम्बन्ध राख्न चाहनेहरुलाई कारवाही गर्दै आएको छ । जसमा कैयन नेपालीहरु समेत पर्दै आएका छन् ।

त्यस्तै १६ बर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क गरेको आरोपमा अर्का ४३ बर्षका नेपाली अविशेष सिंहलाई अमेरिकाले मस्ट वाण्टेडको सुचीमा राखेको छ । अण्डरएजलाई यौन दुब्र्यबहार, बलात्कार र मुख मैथुनको प्रयास गरेको अभियोग उनीमाथि रहेको छ ।

यस्तै उमेर नपुगेकी बालिकालाई ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३७८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए।

पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म बलात्कार गरेको र पाँच वर्षमा ७३८ पटक बलात्कार गरेको मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३७८ वर्ष जेल सजाय सुनाएको थियो । बालिका १५ बर्ष नलाग्दैदेखि अजयले बलात्कार गर्न थालेको र १९ बर्ष नपुगुन्जेलसम्म पनि बलात्कार गरेको उनीमाथि अभियोग थियो । सन् १९९९ देखि सन् २००५ सम्म बलात्कार गरेको अभियोगमा अजयलाई सन् २००९ मा सजाय सुनाइएको थियो ।

यी बाहेक अन्य कैयन नेपालीहरु पनि कम उमेरका बालिकासँग यौन सम्पर्क गर्न खोज्दा वा गर्दा अमेरिकाको जेलमा पुग्ने गरेका छन् भने कैयनले अमेरिकाबाट देश निकालाको सामना समेत गर्नुपरेको छ ।

अमेरिकामा सहमतिमा यौन सम्पर्कका लागि फरक फरक राज्यमा फरक फरक उमेर

अमेरिकामा अधिकांश राज्यमा विवाहका लागि १८ बर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । नेब्रास्कामा १९ र मिसिसिपीमा २१ बर्ष तोकिएको छ । सहमतिमा यौन सम्पर्कका लागि भने फरक फरक राज्यमा फरक फरक प्रावधान रहेको छ ।

न्युयोर्कमा १७ बर्ष उमेर पुगेपछि सहमतिमा यौन सम्पर्क गर्न सकिन्छ भने कतिपय राज्यमा १६ र १८ बर्ष तोकिएको छ । कतिपय राज्यमा उमेरको फरक थोरै भएको वा समानता भएको सन्दर्भमा केही छुटहरु दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com