अमेरिकाको मस्ट वाण्टेड सुचीमा २ नेपाली


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

मस्ट वाण्टेड सुचीमा रहेका २ जना नेपालीहरुलाई अमेरिकाले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । ३७ बर्षीय उमेश सापकोटा यौन दुब्र्यबहारको आरोप लागेका व्यक्ति हुन् । उनी लामो समयदेखि फरार रहेका छन् ।

त्यस्तै अमेरिकाको मस्ट वाण्टेड सुचीमा रहेका अर्का व्यक्ति हुन् अविशेष सिंह । उनी पनि लामो समयदेखि फरार अवस्थामा रहको छन् । उनलाई बलात्कार, बच्चासँग बलपूर्वक यौनसम्पर्क लगायतका कैयन अभियोगहरु लगाइएको छ ।

उनीहरुबिरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस समेत जारी गरेको छ । अमेरिकाले मस्ट वाण्टेड सुचीमा राखेका कैयन नेपालीहरुलाई यस अगाडि पक्राउ गरिसकेको छ । यद्यपी नेपालले मस्ट वाण्टेडमा राखेका कैयन नेपालीहरु भने अमेरिकी भूमिमा लुकेर बसिरहेका छन् ।

के हो इन्टरपोल ?

इन्टरपोल अपराध नियन्त्रणका लागि स्थापित अन्तर्राष्ट्रिय प्रहरी संगठन हो । यसमा विश्वका १ सय ९० देशहरु सदस्य रहेका छन् । इन्टरपोल संयुक्त राष्ट्रसंघपछिको दोश्रो अन्तरदेशीय संगठनका रुपमा विश्वविख्यात रहदै आएको छ । इन्टरपोलले जनसुरक्षा, आतंकवाद नियन्त्रण, युद्ध अपराध, तस्करी नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कुनै अपराधीको विश्वब्यापी खोजी चलाउनुपरेमा इन्टरपोलले सहयोग गर्दै आएको छ । इन्टरपोलले कुनै व्यक्तिका बारेमा रेड नोटिस जारी गरिसकेपछि उसलाई पक्राउ गर्नका लागि आफ्ना सदस्य देशहरुलाई जानकारी गराउँछ । इन्टरपोलले रेड, ब्लु, ग्रिन, एलो, ब्ल्याक , अरेन्ज र पर्पल नोटिस जारी गर्दै आएको छ । तर सबैभन्दा चर्चित रेड नोटिस रहेको छ ।

विश्वब्यापी रुपमा कसैको नाममा वारेन्ट जारी गर्नुपरेमा इन्टरपोलले अहिले रेड नोटिस जारी गर्दै आएको छ । समाचारमा उल्लेखित व्यक्तिहरुका नाममा पनि रेड नोटिस नै जारी गरिएको हो । मस्ट वान्टेड व्यक्तिका लागि इन्टरपोलले रेड नोटिस जारी गर्छ ।

त्यस्तै कुनै आपराधिक कृयाकलापमा संलग्न व्यक्ति कहाँ रहेको छ भन्नेमात्र पत्ता लगाउनुपर्ने छ भने इन्टरपोलले उसका नाममा ब्लु नोटिस जारी गर्छ ।

त्यस्तै कसैलाई आपराधिक कृयाकलापको बारेमा चेतावनीमात्र दिनुपर्ने भएमा उसका नाममा ग्रिन नोटिस जारी गरिन्छ । कुनै हराइरहेको व्यक्तिको बारेमा जानकारी चाहिएको खण्डमा एलो नोटिस जारी गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com