यसकारण नेपालीलाई अमेरिकामा ३७८ वर्ष जेल सजाय


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्।

यस्तै ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३७८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।

त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा ७३८ पटक। र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३७८ वर्ष जेल सजाय सुनाएको छ ।

क्यालिफोर्नियाको योलो काउन्टी सुपेरियर अदालतले नेपाली बालिका बलात्कारमा दोषी ठहर गर्दै अजयकुमार देवलाई स्टेट जेलमा ३७८ बर्ष ४ महिनाको सजाय सुनाएको थियो । देवले नेपाली बालिकालाई झण्डै पाँचबर्षसम्म बलात्कार गरेको पुष्टी भइसकेको छ । बालिका १५ बर्ष नलाग्दैदेखि अजयले बलात्कार गर्न थालेको र १९ बर्ष नपुगुन्जेलसम्म पनि बलात्कार गरेको जनाइएको छ । सन् १९९९ देखि सन् २००५ सम्म बलात्कार गरेको अभियोगमा अजयलाई सन् २००९ मा सजाय सुनाइएको थियो ।

अजय र मुद्दाको पृष्ठभूमी

अजय देव पहिले नेपाली नागरिक नै रहेको जनाइएको छ । १३ बर्षको उमेरमा क्यालिफोर्नियाको डेभिसमा बुबाआमासँगै बसाई सरेको अजयले स्टेट वाटर रिसोर्स बोर्डमा काम गर्नुका साथै डेभिसको नेपाली समुदायमा समेत सकृय रहेको थियो । सन् १९९९ मा अजय र उसकी पत्नीले अजयकै अलिक टाढाकी नाता पर्ने एउटी बालिकालाई धर्मपुत्रीका रुपमा ग्रहण गरेर अमेरिका ल्याएका थिए ।

त्यतीबेला ती बालिका १५ बर्षकी थिइन् । ती बालिका अजय र उसकी पत्नीसँगै क्यालिफोर्नियामा बस्दै आएकी थिइन् । सन् १९९९ को डिसेम्बरमा अजय र उसकी पत्नीले ती बालिकालाई आधिकारिक रुपमा धर्मपुत्रीका रुपमा स्वीकारेका थिए ।

पीडित बालिकाका अनुशार जब उनलाई धर्मपुत्री बनाएर अमेरिका ल्याइयो, अजयले उनलाई केहीदिनभित्रमा नै अनुचित रुपमा हातहाल्न थालेको थियो । बालिका अमेरिका आएको केही हप्तापछि अजयले उनलाई लगातार बलात्कार गर्न सुरु गरेको पीडित बालिकाले अदालतमा दिएको बयानमा उल्लेख छ । बालिका १८ बर्ष पुगेपछि स्थानीय सिटी कलेजमा अध्ययन गर्न थालेपनि अजयकै परिवारको रुपमा अजयको घरमा बस्दै आएकी थिइन् ।

सन् २००४ को डिसेम्बरमा पीडितले घर छाडेकी थिइन् । त्यसपछि समेत अजयले उनलाई बलात्कार प्रयास गरेको थियो । अजयले यौनसम्पर्क राख्न नपाएमा बालिकालाई पनि बन्दुकले उडाइदिने र आफू पनि आत्महत्या गर्ने भन्दै धम्की दिन थालेपछि पीडितले कानुनी सहायता लिएकी थिइन् । बलात्कारपछि पीडितले तीनपटकसम्म बसेको गर्भ समेत तुहाउनुपरेको थियो ।

अजयलाई पक्राउपछि घरमा खानतलासी गर्दा बालबालिकाका अश्लिल यौन भिडियोसमेत उसको कम्प्युटरमा भेटिएको थियो ।
अजयले बलात्कार गरेको भन्दै पीडितले कानुनी सहयोग खोजेपनि झण्डै दुईबर्षसम्म अजयबिरुद्ध मुद्दाको प्रकृया अगाडि बढ्न सकेको थिएन । किनभने पीडित आफ्नी दिदीको विवाहमा भाग लिन नेपाल गएकी थिइन् । नेपाल गएको बेलामा उनको पासपोर्टमा गलत जन्ममिती रहेको भन्दै उनलाई फसाउन अजयका आफन्तले उजुरी दिएपछि पीडित नेपालमा थुनामा परेकी थिइन् ।

उनी थुनामा परेपछि अदालती प्रकृया पूरा हुन नेपालमा झण्डै डेढबर्ष लागेको थियो । त्यसपछि उनको नाममा नयाँ पासपोर्ट जारी भएको थियो । कानुन कार्यान्वयन निकाय र नेपालका रहेको अमेरिकी दुतावासको सहयोगमा उनले नयाँ पासपोर्ट पाएकी थिइन् । त्यसपछिमात्र उनी अमेरिका फर्कन सफल भएकी थिइन् । जब उनी नेपाल गएकी थिइन्, त्यो बेलामा अजयले नेपालको भ्रमण गरेको थियो । अजयले उनलाई अमेरिकामा आफ्ना बिरुद्ध कुनै मुद्दा नहाल्न र अमेरिका नफर्कन समेत चेतावनी दिएको थियो ।

तरपनि पीडितले अमेरिका फर्केपछि मुद्दाको प्रकृया अगाडि बढाएकी थिइन् । मुद्दाको सुनुवाईका लागि झण्डै दुईमहिना लागेको थियो भने जुुरीले एकसाता लामो प्रयासबाट मुद्दाको टुंगो लगाउँदै अजयलाई दोषी ठहर गरेको थियो । त्यसपछि अजयलाई बलात्कार, यौनहिंशा, बालिकासँग यौनसम्पर्क र साक्षीलाई धम्की दिएको लगायतका अभियोगमा दोषी ठहर गर्दै सन् २००९ मा  जेल सजाय सुनाइएको थियो । अहिले ४९ बर्षको अजयले आयोनको मुल क्रिक जेलमा  सजाय काटिरहेको छ ।

के छ पीडितको बयानमा ?

मुद्दाको फैसला हुँदा अदालतमा पीडितलाई उपस्थीत गराइएको थिएन । उनको मुद्दाको प्रतिनिधित्व गर्नेहरुको उपस्थीतिमा मुद्दाको फैसला गरिएको थियो । पीडितले पहिचान खोल्न नचाहेका कारण अदालतमा उपस्थीत गराइएको थिएन ।

पीडितले अदालतसमक्ष दिएको बयानमा अजयले उनी १९ बर्ष नपुग्दाको अवधिसम्म पनि हप्तामा दुईदेखि तीनपटकसम्म बलात्कार गरेको उल्लेख छ । पहिलोपटक अजयले बालिकालाई अजयको श्रीमति पेगी घरमा नभएको बखत बलात्कार गरेको र पछि पेगी घरमै रहेको बखत पनि अजयले बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ ।

जब अजय, उसकी श्रीमति र पीडित आफन्त र साथीहरुको घरमा बस्न गएको बखत समेत अजयले बलात्कार गरेको बयानमा उल्लेख छ । अजयले उनलाई बैंककको एउटा होटेलमा समेत बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ । बयान अनुशार अजयले उनलाई सन् २००३ मा नेपाल जाने क्रममा बैंककमा लामो समय ट्रान्जिट पर्दा होटेलमा बसेको बखत समेत बलात्कार गरेको थियो ।

प्रहरीले अजयको घरमा छापामार्दा किडी ब्लोजब, रियल होममेड मि वीथ माई डटर, योंग टिन लोलिता शीर्षकका अश्लिल भिडियोहरु फेला परेका थिए ।

अदालती बयानको सारसंक्षेप

पीडितको नामको पहिलो अक्षर एस भएको उल्लेख गर्दै अदालती कागजातमा जनाइए अनुशार अजय र उनकी पत्नी पिगीले सन् १९८८ मा एसलाई नेपाल गएको बखत भेटेका थिए । अजय र पीडित एसका पिता अलिक टाढाका दाजुभाईहरु पर्थे । अजयले एसका पितालाई उनकी छोरीलाई आफ्नी छोरीका रुपमा धर्मपुत्री बनाएर अमेरिका लैजाने र राम्रो काममा लगाइदिने भन्दै आग्रह गरे । पीडित एसका पिताले पनि छोरी अमेरिका जाने र नेपालमा रहेको परिवारलाई सहयोग गर्ने आशामा अजयलाई धर्मपुत्रीका रुपमा सुम्पने निर्णय गरे ।

त्यसपछि एस सन् १९९९ को जनवरी २३ मा अजयका साथमा अमेरिकाको क्यालिफोर्निया आइन् । त्यतीबेला उनी १५ बर्षकी थिइन् । १५ बर्षकी बालिका अजयसँगै बस्न थालेपनि सन् १९९९ को डिसेम्बर ६ मा धर्मपुत्रीका रुपमा ग्रहण गरेको कानुनी प्रकृया टुंगिएको थियो । पीडित एस अजयसँग बस्न थालेको केही दिनमा नै अजयले सोफामा बसिरहेकी पीडित एसको पछाडि उभिएर उनको कपडामा आफ्नो लिंग दलेको थियो । अजयले उनको कपडाबाहिरबाट स्तनसमेत समातेको थियो । त्यतीबेला अजयकी पत्नी पेगी घरमा थिइनन् ।

त्यो बेला अजयले पीडितसँग भएको सबै कुरा कसैलाई नबताउन भनेका थिए । यदि यो कुरा कसैलाई बताएमा नेपाल फिर्ता पठाइदिने र उनको भविश्य बर्बाद हुने चेतावनी अजयले दिएको थियो । सोफामा भएको यो घटनाको एकमहिनामा अजयले उनलाई पहिलोपटक बलात्कार गरेको थियो । त्यतीबेला पनि पेगी घरमा थिइनन् । पीडित उम्किन खोज्दा अजयले उनको हात समातेर चुप लाग्न भनेको थियो । अजयले पहिला औंला पीडितको गुप्तांगमा लगेका थिए त्यसपछि बलात्कार गरेको थियो । त्यसपछि कसैलाई यो कुरा नभन्न चेतावनी दिएको थियो । पहिले श्रीमति घरमा नभएको बखतमात्र बलात्कार गरेपनि पछि श्रीमति भएकै बखत, बाहिर जाँदा समेत बलात्कार गरेको थियो ।

अजयले बालिका १९ बर्ष पुग्दासम्म आफ्नो डेल ल्यापटप र डेस्कटप कम्प्युटरमा पाँचदेखि ६ वटासम्म अश्लिल चलचित्र देखाएको थियो । ती सबै अश्लिल चलचित्रहरुमा कलिला युवतीहरुलाई देखाइएको थियो । अजयले बालिकालाई बुबा, आमा र छोरीको भूमिका रहेको अश्लिल चलचित्र देखाउँदै चलचित्रमा जस्तै गर्न लगाएको थियो । अजयले पीडितको नांगो तस्विरसमेत लिएको थियो । बलात्कारपछि गर्भ रहेका कारण सन् २००३ को जनवरी २ मा अजयले पीडितलाई गर्भपतनका लागि लगेको थियो । त्यतीबेला उनको पेटमा ५ हप्ताको गर्भ रहेको थियो । दोश्रो पटक सन् २००३ को मे महिना पीडितलाई गर्भपतनका लागि लगिएको थियो ।

 

अजयलाई बचाउने प्रयास

बलात्कारी अजयले अमेरिकी जेलमा सजाय काटिरहेको भएतापनि उसलाई बचाउन अनेकन प्रयासहरु भइरहेका छन् ।  थर्ड ड्रिस्ट्रिक्ट कोर्ट अफ अपिलले अजयलाई बचाउन गरिएको अपिलको मौखिक सुनुवाई गरेको थियो । अपिलमा सुनुवाईपछि सुनुवाईपछि सन् २०१७ को जनवरी १७ भित्र फैसला सुनाउनुपर्ने नियम अनुशार जनवरी १७ पुग्नुभन्दा अगाडि नै जनवरीको दोश्रो साता अपिलको सुनुवाई गर्दै अजयलाई पुन दोषी ठहर गरिएको थियो । भेन्स राय, लुइस मौरो र ह्यारी हलको इजलासले अजयलाई पुन दोषी ठहर गरेको हो । अजयका वकिल लाउरेन एस्केनाजीले अदालतलमा अजयलाई निर्दोष सावित गर्ने प्रयास गरेकी थिइन् । तर उनको त्यो प्रयास सफल भने हुन सकेन ।

अजयको मुद्दाको फैसला हुँदा प्रमाणित नेपाली अनुवादक राख्न नसकेको, बालबालिकाको अश्लिल भिडियो राखेको प्रमाणित गर्न नसकेको लगायतका कारण देखाउँदै अजयलाई निर्दोष सावित गर्न प्रयास गरिएको थियो । तर अदालतले अजयलाई बलात्कारी प्रमाणित गर्ने प्रयाप्त कागजातहरु रहेको, त्यतीबेला अँग्रेजी नबुझ्ने कोही नभएकाले प्रमाणित नेपाली अनुवादक राख्नु नपरेको, अश्लिल भिडियो राखेको कुरा अजय आफैले स्वीकार गरेको लगायतका कारण देखाउँदै अजयलाई नै दोषी ठहर गरेको थियो ।

सन् २०१७ जनवरी १२ तारिख बिहिबार अदालतले मुद्दाबारे ५९ पेज लामो धारणा सार्वजनिक गरेको थियो । तीनजना न्यायाधिसहरुले अक्टोबर १९ मा लिएको बयानका आधारमा जनवरी १२ मा अजयलाई पुन दोषी ठहर गर्दै फैसला गरेपछि बलात्कारीलाई बचाउन अर्को प्रयास असफल भएको छ । अजय र उनका परिवारले अजयमाथि अन्याय भएको भन्दै अपिल गरेपनि न्यायाधिसहरुले पहिले गरिएको फैसला नै सदर गरेका हुन् ।

अजयलाई बचाउन उनी निर्दोष रहेको भन्दै उनका परिवारले समेत प्रदर्शन गर्दैै आएका छन् । अजयका केही समर्थकहरुले अजयलाई बचाउन अभियान नै संचालन गरेका छन् । तर पनि अदालतले अजयलाई उन्मुक्ती दिएको छैन ।

अजय निर्दोष रहेको दावी

एकातिर अदालतले अजय दोषी भएको प्रमाणित गरिसकेको छ भने अजय निर्दाेष रहेको भन्दै दावीहरु समत भइरहेका छन् । अजय निर्दोष रहेको र उसलाई मुक्त गर्नुपर्ने माग राख्दै हस्ताक्षर अभियानहरु पनि चलाइएको थियो । बेलाबेलामा अजय निर्दोष रहेको दावीका साथ प्रदर्शनहरु पनि हुने गरेका छन् । अजयका पक्षधरहरुले अजयलाई जबर्जस्ती फसाइएको दावी गर्दै आएका छन् । एड्भोकेट फर अजय नामको समुह नै बनाएर अजय निर्दोष रहेको दावी गरिदै आएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com