विद्यार्थी बोलाउन घरै पुग्छन् शिक्षक


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

– पर्वत पोर्तेल

असार ३०, २०७४- मेचीनगर–१५ मेचीपारिको ग्वालबस्तीका विद्यार्थी आफैं स्कुल आउँदैनन्, बोलाएर ल्याउनुपर्छ । भारतसँग सीमा जोडिएको यो गाउँका विद्यार्थीको शैक्षिक स्तर उकास्न सरकारले २०५७ सालबाट विद्यालय सञ्चालन गरेको हो । २ कक्षासम्म पढाइ हुने मेची प्राविमा जम्मा ३१ विद्यार्थी छन् । कक्षामा दैनिक उपस्थित भने ७/८ जनाभन्दा हुँदैनन् ।

विराटनगर घर भएका शिक्षक भुवनकुमार देव भद्रपुरमा डेरा गरी बस्छन् । हरेक दिन करिब १० किमि यात्रापछि मेची तरेर स्कुल पुग्छन् । अनि विद्यार्थी खोज्दै घरदैलो चहार्छन् । ‘बोलाउन जाँदा अलि बढी विद्यार्थी आउँछन्,’ उनले भने, ‘नत्र सधैं कम्ती नै हुन्छन् ।’ अभिभावक पनि बालबच्चालाई स्कुल पठाउनु जरुरी ठान्दैनन् । खास गरी आदिवासी र श्रमिकका सन्तान पढ्छन् उक्त विद्यालयमा । कतिपय विद्यार्थी बोलाउन नगइकन स्कुल आउनै मान्दैनन् । ‘चाडपर्वको बिदापछि लामो समय स्कुल विद्यार्थीविहीन हुने गर्छ,’ भुवनकुमारले सुनाए, ‘स्कुल जानुपर्छ भन्ने नै बिर्सन्छन् । त्यसैले नबोलाएसम्म आउनै मान्दैनन् ।’

सिंगो स्कुलको जिम्मेवारी भुवनकै काँधमा छ । पहिले दुई शिक्षक थिए । प्रधानाध्यापक चम्पा भट्टराई काज सरुवा मिलाएर अन्यत्रै गएपछि सम्पूर्ण भार भुवनलाई थपिएको हो । ‘सबै आफैं हेर्नुपर्छ,’ उनले भने, ‘एउटा मान्छेले सबैतिर भ्याउनुपर्ने बाध्यता छ ।’ विद्यार्थीलाई सरकारले दिने छात्रवृत्ति नियमित उपलब्ध गराइएको छ । यस पटकदेखि पोसाक पनि उपलब्ध गराउने स्कुलको योजना छ । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई आकर्षित गर्न दिवाभोजन व्यवस्था गर्ने तयारी भइरहेको पनि भुवनले बताए । अभिभावक भने पढाइ गुणस्तरीय नभएकाले छोराछोरीलाई स्कुल नपठाएको बताउँछन् । त्यहाँभन्दा नजिकैको भारतीय स्कुलमा आफ्ना नानीहरू पढून् भन्ने उनीहरूको चाहना छ । ‘मेरो नातिले एक वर्षमा पनि कखरा सिकेन,’ सिरौडाँगीका गाउँबूढा शुभल वास्के भन्छन्, ‘त्यस्तो स्कुलमा किन पठाउने ?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार नेपालतिर पठनपाठन राम्रो नभएकाले गाउँका अधिकांश बालबालिका भारतीय स्कुल जान्छन् । ‘उताको स्कुल पढ्न थालेपछि नातिले २ महिनामै अंग्रेजीबाट नाम लेख्न जान्यो,’ वास्केले भने, ‘यताभन्दा धेरै सुविधा पनि दिएको छ विद्यार्थीलाई ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com