३९ फिट अग्लो किराती स्तम्भ बन्दै


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

– गणेश राई

असार ३०, २०७४- संघीय प्रदेश नं. १ मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३९ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति बनाउन थालिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा उक्त मूर्ति बनाउन थालिएको हो । विभागले त्यसै अवसरमा ‘स्वालेवा मूर्तिकला कार्यशाला–२०७४’ आयोजना गरेको थियो ।

मूर्ति निर्माणमा प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्व टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रञ्जित थापामगर, गणेशबाबुलगायत संलग्न छन् । स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार मूर्ति निर्माणमा ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘सबैतिर जातीय पहिचानको कुरा उठेका बेला हामीले आफ्नो सांस्कृतिक पहिचान जोगाउन यो पहल गरेका हौं,’ उनले भने, ‘यस निम्ति देश–विदेशका नाता, आफन्त तथा सरकारका विभिन्न निकाय गुहारेका छौं ।’ सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालयसमेत सोही स्थानमा निर्माण हुने राईले बताए । मूर्ति निर्माणका लागि साबिक उँबु गाविसका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइ परिवारले १ रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराए । जग्गादाता सदस्य तथा स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (विद्रोही साइँला) का अनुसार हालसम्म पाँच लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । ‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको थियो’, अभियन्ता राईले भने, ‘अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ । हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउनेछौं ।’

मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले स्तम्भको शिलान्यास गरे । स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समितिका संयोजक सौराज राईका अनुसार सबै पक्षको सहयोगमा निर्माण तीव्र गतिमा अघि बढेको छ । ‘आफ्नो कलासंस्कृति, पहिचान झल्किने स्तम्भ बनाउन खटिरहेका छौं,’ उनले भने, ‘यो परिकल्पनालाई साकार गर्न सबैलाई अनुरोध गर्दछु ।’ सदरमुकाम ओखलढुंगादेखि २१ किलोमिटर दक्षिणमा रहेको यो स्थान समुद्री सतहदेखि करिब १७ सय मिटर उचाइमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन प्रवद्र्धनको उद्देश्यसहित निर्माण थालिएको यो स्थलबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com