गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुस्त, चार महिना अवधिमा ६ प्रतिशत मात्रै काम


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– माधव ढुंगाना

असार २९, २०७४- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । चार महिना अवधिमा ६ प्रतिशत मात्रै काम भएको छ । द्रुत गतिमा निर्माण कार्य अघि बढाउन आयोजनाले दिँदै आएको निर्देशनलाई चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुप’ ले आलटाल गर्दै आएको छ । पहिलाको स्थानीय सहठेकेदार कम्पनीसँग लेनदेनको विवाद भएदेखि नै आयोजनाको काम सुस्त बनेको हो । सहठेकेदार कम्पनी अलग भएपछि उसले अर्को कम्पनीलाई राख्न पनि सकेको छैन ।

‘निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाका तर्फबाट हप्तैपिच्छे बैठक डाकेर कामलाई तीव्रता दिन ताकेता गर्दै आएका छौं,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘तर, पनि निर्माण कार्य आशा गरेअनुरूप अगाडि बढ्न सकेको छैन ।’ ठेकेदार कम्पनीले सहयोगीका रूपमा पहिलाको सहठेकेदार कम्पनीको ठाउँमा अर्कोलाई खोजेर राख्न नसक्दा कामदार तथा उपकरणको आवश्यकताअनुरूप व्यवस्थापन हुन नसकेको उनले बताए ।

शर्माका अनुसार चैतको सुरुमै २४ प्रतिशत पूरा भएको आयोजनाको काम असारसम्ममा ५० प्रतिशतको हाराहारीमा निर्माण कार्य सम्पन्न हुने अपेक्षा थियो । दैनिक २ सयभन्दा बढी संख्यामा कामदार पुर्‍याउन भनिए पनि आधा संख्यामा मात्रै उपलब्ध हुने गरेका छन् । आयोजना स्थलमा खटिएका प्रतिनिधि तथा प्रमुखले निर्माण कार्यलाई राम्ररी व्यवथापन गर्न नसकेकाले निर्धारित समयमा आयोजना पूरा हुन नसक्ने जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले प्रतिनिधि परिवर्तन गरी अर्को दक्ष प्रतिनिधि पठाउन चीनस्थित ठेकेदार कम्पनीको मुख्य कार्यालयमा पत्राचार गरिसकेको बताए । जवाफमा ठेकेदार कम्पनीको मुख्यालयबाट हाल खटिएको प्रतिनिधिभन्दा अर्को दक्ष कर्मचारी नभएको जवाफ आएको छ ।

आयोजनाको काममा भइरहेको ढिलाइले निजी क्षेत्रका व्यवसायी तथा लगानीकर्तालाई चिन्तित बनाएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले निर्धारित समयमा आयोजना सम्पन्न नभए लुम्बिनी क्षेत्रको विकासलाई दीर्घकालीन रूपमा असर पार्ने र लगानीको वातावरण अन्योल हुने बताए । ‘यो विमानस्थलको माध्यमबाट जुन ढंगले लुम्बिनीको प्रवद्र्धन गर्न खोजिएको हो, त्यसलाई असर पार्छ,’ उनले भने, ‘यो विमानस्थल निर्माण सुरुलगत्तै स्थानीय र बाह्य लगानीकर्ताले विभिन्न क्षेत्रमा गरेको लगानी अन्योलमा पर्ने देखिन्छ ।’

भ्याटसहित ६ अर्ब २२ करोड रुपैयाँमा ठेक्का लिएको उक्त चिनियाँ निर्माण कम्पनीले आयोजनाको प्रथम चरणको काम सन् २०१७ मा सम्पन्न गर्नुपर्ने थियो । भूकम्प, नाकाबन्दीलगायत कारणले निर्माण अवधि लम्बिएर सन् २०१८ को जुन १५ पुगेको छ । द्रुत गतिमा काम अघि बढ्न नसके पछिल्लो मितिमा पनि पूरा हुन नसक्ने स्पष्ट छ ।

आयोजनाले तीव्रता लिन नसके के गर्ने ? भन्ने बारेमा आयोजनाले ठोस निर्णय भने लिइसकेको छैन । यसभन्दा अघि जुन महिनासम्म सन्तोषजनक रूपले काम अगाडि बढाउन नसकेकामा ठेक्का प्रक्रिया तोड्न पनि सकिने जनाएको आयोजनाले अहिले वर्षायामको दुई महिनासम्म पर्खिने बताएको छ ।

‘ठेक्का तोडेर पुन: अर्को टेन्डर गर्नुपर्दा अपनाउनुपर्ने प्रक्रिया पनि लामो भएको र धेरै दिन दिन पर्खिनुपर्ने कारणले सकभर यही कम्पनीबाट चाँडो गराउने पक्षमा आयोजना रहेको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘यदि ठेक्का तोड्नैपर्ने अवस्था आए त्यसबारे पनि आयोजना अघि बढ्नेछ ।’ तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसके ठेकेदार कम्पनीले प्रतिदिन ३२ लाख रुपैयाँभन्दा धेरै आयोजनालाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com