ब्रिटिस महिला सैनिकलाई पहिलोपटक अग्रपंक्तिमै लड्न अनुमति


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

असार २९, २०७४- ब्रिटेनको रोयल एयर फोर्स (आरएएफ) रेजिमेन्टमा महिला सैनिकहरुले पहिलोपटक स्थलगत लडाईं गर्न अनुमति पाएका छन् ।

लन्डनमा आयोजित आरएएफ एयर पावर कन्फरेन्सका क्रममा बेलायती रक्षामन्त्री सर माइकल फालनले आगामी सेप्टेम्बरदेखि महिला अग्रपंक्ति (कम्ब्याट रोल)मा आउने घोषणा गरेका हुन् । आरएएफ रेजिमेन्ट ब्रिटिश वायु सेनाको स्थलगत लडाईं गर्ने बल हो जसले आरएएफका अखडा, विमान र उपकरणहरु देशभित्र र बाहिर पनि रक्षा गर्ने काम गर्छ ।

तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यकाल गत जुलाई २०१६ मा महिलाहरुलाई लडाईंमा जान लगाइएको रोक फुकुवा गरिएको थियो । क्यामरुनले त्यतिबेला ब्रिटेनको सशस्त्र बल विश्वकै उच्च भएको जनाउँदै रोक फुकुवा ठूलो फड्को भएको बताएका थिए ।

फोर्सेस टिभीका अनुसार यसअघि महिला सैनिकलाई नन् कम्ब्याट रोलमात्र दिइएको थियो ।रोक फुकुवा गरिएपछि महिला सैनिकहरुलाई क्याभल्री, इन्फेन्ट्री र आर्मर्ड कर्पसमा जान अनुमति दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘भिन्न बल अझ प्रभावकारी हुनेछ,’ मन्त्री फालनले भने, ‘सेप्टेम्बरदेखि आरएएफ रेजिमेन्टले महिला भर्ना गर्ने कुरा जानकारी दिन पाउंदा म प्रसन्न छु ।’

चरणवद्ध परिवर्तन अनुसार, गत नोभेम्बर २०१६ मा रोयल आर्मर्ड कर्पसमा जान अनुमति दिइएको थियो । महिला सैनिक सन् २०१८ सम्म इन्फेन्ट्री, रोयल मरिन र आरएएफ रेजिमेन्टमा जानेछन् ।

तर, यसअघि गरिएको सैनिकहरुको एउटा अनुसन्धानले ७ हजार महिला सैनिकमध्ये ५ प्रतिशत भन्दा कमले मात्र इन्फेन्ट्री फिट्नेस उत्तिर्ण गर्न सक्ने देखाएको थियो ।

जनरल निक कार्टरले महिलाहरुलाई सबै भूमिका दिइनु आर्मीभित्र प्रतिभावानलाई अवसर र यसले आर्मड
फोर्स एउटा आधुनिक रोजगारदाता बन्ने बताए ।

ब्रिटिश आर्मीमा महिला सहभागिता शुरु भएको भने एकसय वर्ष पुगिसकेको छ । महिला सैनिक एक्जिलरी कर्पस ७ जुलाई १९१७ मा स्थापना गरिएको थियो ।

बेलायतको सत्तारुढ टोरी सरकारले सन् २०१० यता कम्तीमा २० हजार सैनिक कटौती गरिसकेको छ । हाल ब्रिटिश सैनिक संख्या ७८ हजार ४ सय रहेको बताइन्छ । ब्रिटिश सेनामा नेपाली अर्थात ब्रिटिश गोर्खा पनि अग्रपंक्तिमा खटिएका छन् । हाल ब्रिटिश गोर्खा संख्या करिब २५ सय छ । वर्षेनी नेपालबाट २ सय ३० युवा ब्रिटिस सेनामा छानिने गरेका छन् । उनीहरुले बाल्कन्स, इष्ट टिमोर,
सियरालियोन, अफगानिस्तान र इराकमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com