पछाडि ‘बा’ भएकालाई स-सम्मान बिदा गरौं : रबी लामिछाने (भिडियो)
प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । लामिछानेले पछाडी ‘बा’ भएकाहरुलाई स–सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडी ‘बा’ भएका (बालेन शाह) डोजर लिएर निस्किएको बताए ।
रबीले भने, ‘म सबै ‘बा’ हरुलाई आज बा को मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहान्छु, पछाडी बा भएका तीन ‘बा’ केपी बा, देउवा, नानीका बा । पछाडी बा भएकाहरुलाई स–सम्मान बिदा गरौं, किनकी अगाडी ‘बा’ भएका डोजर लिएर निस्किसके ।’
शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले ‘बा’हरुलाई जनताले आगामी निर्वाचनबाट बिदा दिनुपर्ने पर्ने धारणा राखे । लामिछानेले नेपालका दलहरुको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथतीको मेन स्वीच बन्द गर्ने उद्धेश्यले आफू राजनीतिमा आएको उल्लेख गरे । आउने चुनावमा घण्टी चिन्हका उम्मेद्वारहरुलाई पनि एजेण्डाहरुबारे प्रश्न गर्न नागरिकहरुलाई आग्रह गरेका छन् ।
भिडियो :





