पछाडि ‘बा’ भएकालाई स-सम्मान बिदा गरौं : रबी लामिछाने (भिडियो)


प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । लामिछानेले पछाडी ‘बा’ भएकाहरुलाई स–सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडी ‘बा’ भएका (बालेन शाह) डोजर लिएर निस्किएको बताए ।

रबीले भने, ‘म सबै ‘बा’ हरुलाई आज बा को मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहान्छु, पछाडी बा भएका तीन ‘बा’ केपी बा, देउवा, नानीका बा । पछाडी बा भएकाहरुलाई स–सम्मान बिदा गरौं, किनकी अगाडी ‘बा’ भएका डोजर लिएर निस्किसके ।’

शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले ‘बा’हरुलाई जनताले आगामी निर्वाचनबाट बिदा दिनुपर्ने पर्ने धारणा राखे । लामिछानेले नेपालका दलहरुको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथतीको मेन स्वीच बन्द गर्ने उद्धेश्यले आफू राजनीतिमा आएको उल्लेख गरे ।  आउने चुनावमा घण्टी चिन्हका उम्मेद्वारहरुलाई पनि एजेण्डाहरुबारे प्रश्न गर्न नागरिकहरुलाई आग्रह गरेका छन् ।

भिडियो :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com