ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा न्युयोर्कमा ५० पिण्ट रक्तदान


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कको उडसाइडमा अवस्थित ह्योल्मो सोसाइटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको थियो ।

न्यूयोर्कमा रहेका नेपाली समुदायलाई सामाजिक योगदान पुर्‍याउनुका साथै रगत अभावमा समस्यामा परेका व्यक्तिको जीवन बचाउन सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रम गरेको संयोजक तथा सोसाइटीका उपाध्यक्ष एवं फिप्नाका रिजनल भाइस प्रेसिडेन्ट माया लामाले जानकारी दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा ह्योल्मो सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मो, उपाध्यक्ष लामा, कार्य समितिका अन्य पदाधिकारीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु सहित ५० जनाले रक्तदान गरेका थिए । सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मोले कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद दिंदै प्रशंसापत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरका राज्य कमिटी कोषाध्यक्ष उमा तामाङ, फिप्नाका महिला भाइस प्रेसिडेन्ट छोन्जोम लामा, फिप्नाका सहकोषाध्यक्ष दिपक चौधरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी भई कार्यक्रम सफल बनाउन योगदान गरेकोमा आयोजकले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

पछिल्लो समय विभिन्न समुदायका संस्थाहरुले मानवीय सेवालाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com