तानाशाही शासक किम जोङले मन पराएको ‘लेदर कोट’ सर्वसाधारणलाई लगाउन प्रतिबन्ध !


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

उत्तर कोरियाका शासक किम जोङ उनले मन पराएको विशेष खालको लेदर कोट सर्वसाधारणलाई लगाउन लगाउन प्रतिबन्ध गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार किम जोङको मुख्य रोजाइ रहेको कालो लेदर कोट अरु सर्वसाधारणलाई लगाउन प्रतिबन्धित गरिएको हो । सन् २०१९ मा पहिलोपल्ट किमले उक्त लेदर कोट लगाएका थिए ।

उनले सो कोट लगाएपछि त्यो कोट यति धेरै प्रख्यात भयो कि उत्तर कोरियाका अन्य केही कुलीन वर्गका मानिसले पनि लगाउन थाले । तर तानाशाही शासक किमले आफूलाई औधी मन परेको उक्त कोट अरुले लगाएको देख्न सकेनन् र प्रतिबन्ध लगाइदिए ।

अहिले जाडो याम सुरू भएसँगै उक्त लामो लेदर कोट त्यहाँका कुलीन वर्गका लागि फेसन जस्तै भएको बताइएको छ । तर प्रतिबन्धपछि त्यहाँको प्रहरीले उक्त कोट बिक्री गर्न र पहिरन गर्नमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शासक किमले मन पराएको उक्त कोटा सर्वसाधारणले लगाउनु भनेको शासकलाई चुनौती दिनुसरह भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीको भनाइ छ ।

समाचार रिपोर्टहरुका अनुसार उक्त कोटको माग बढेपति केही व्यापारीहरुले चीनबाट कच्चा पदार्थ झिकाएर स्वदेशमै उक्त कोट सिलाएका थिए । चीनसँगको सीमा खुलाइएपछि त्यस्ता कोटहरु बजारमा देखिएका थिए । तर अब उक्त कोटको व्यापार गर्न नपाइने भएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com