अमेरिकासँग सम्बन्धको ‘नयाँ अध्याय’ खोल्न दोहा वार्ता हुने तालिबान समूहको भनाइ


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ ।

अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबीच भएको भेटवार्तापछि तालिवानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलबार जानकारी गराएको थियो । तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक विज्ञप्तिमा भनेको छ, “आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबीच वार्ताको नयाँ चरण सुरु हुनेछ ।”

वार्ताले दुई देशबीचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका शर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ ।” अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित दुई हप्ताको वार्ताले इस्लामी राज्य अफगानिस्तान र अल–कायदा समूहको खतराका साथसाथै मानवीय सहायता विरुद्ध लड्ने जस्ता विभिन्न मुद्दाहरूमा छलफल गर्ने बताइएको छ ।

वार्ताले २० वर्षे युद्धको दौडानमा अमेरिका तथा पश्चिमी मुलुकहरूलाई सहयोग गरेका अमेरिकी नागरिक तथा अफगानीहरूका लागि अफगानिस्तानबाट सुरक्षित मार्ग कसरी प्रदान गर्ने भन्ने कुरामा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गर्नुहुनेछ । गत हप्ता वेस्टले वासिङ्टनबाट तालिबानलाई निश्चित शर्तहरूमा आधारित भएर मात्र कुनै पनि आर्थिक तथा कूटनीतिक सहयोग गर्न सकिने बताउनुभएको थियो ।

उहाँले तालिवानले समावेशी सरकार स्थापना गर्नुपर्ने, अल्पसङ्ख्यक, महिला तथा बालिकाको अधिकारको सम्मान गर्नुपर्ने र शिक्षा र रोजगारीमा समान पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय समुदायबाट अझै औपचारिक मान्यता नपाएको तालिबान सरकारका विदेश मन्त्री अमीर खान मुट्टाकीले गत हप्ता अमेरिकी संसदलाई खुल्ला पत्रमा अमेरिकाद्वारा विभिन्न शर्तमा रोकेको अफगान सम्पत्तिलाई नरोक्न आह्वान गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com