न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय भएको छ । न्युयोर्क सिटी काउन्सिलले न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकलाई समेत स्थानीय चुनावमा मताधिकार दिने प्रावधान पारित गर्ने भएको छ । देशनिकाला हुनबाट संरक्षण प्रदान गरिएकाहरुले समेत मताधिकार पाउनेछन् ।

सिटी काउन्सिलबाट यो प्रावधान पारित भएपछि न्युयोर्क सिटीमा मेयर, सिटी काउन्सिल सदस्य लगायतका पदहरुमा गैर नागरिकले समेत मतदान गर्न पाउनेछन् । तर राज्य र संघीय स्तरका चुनावमा भने मतदान गर्न पाउनेछैनन् । यो प्रावधानले भिटो पु्रफ बहुमत प्राप्त गरिसकेको छ ।

डिसेम्बर ९ मा यो प्रावधानबारे मतदान हुने तय भएको छ । सन् २०१८ को रिपोर्ट अनुशार न्युयोर्क सिटीभित्र ६ लाख ६० हजार ग्रिनकार्डवाहक रहेका छन् । यो बिल पारित भएमा न्युयोर्क सिटीभित्र बस्ने ठूलो संख्यामा नेपाली ग्रिनकार्डवाहकसमेत मताधिकारका लागि योग्य हुनेछन् । यो प्रावधानले झण्डै ८ लाखलाई समेट्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली भाषी समुदाय न्युयोर्कमा उदयमान अल्पसंख्यक भएपनि झण्डै ५० हजार न्युयोर्क बासी नेपालीहरुमध्ये झण्डै ५ प्रतिशतमा मात्र मताधिकार रहेको छ । यदि बिल पारित भएमा बहुसंख्यक नेपालीहरु प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन योग्य हुनेछन् ।

न्युयोर्क सिटीमा गैर नागरिकलाई समेत मताधिकार प्राप्त हुनुपर्ने विषयमा लामोसमयदेखि वकालत हुँदै आएको छ । सिटी काउन्सिलम्यान यदानिस रोड्रिगेजले यो विधेयकको स्पोन्सर गरेका हुन् । रोड्रिगेज डोमेनिक रिपब्लिकबाट अमेरिका आएका आप्रवासी हुन् ।

रोड्रिगेज आफै सन् १९८३ मा ग्रिनकार्डसहित अमेरिका आएका थिए भने सन् २००० मा अमेरिकी नागरिकता लिएका थिए । यो बीचमा उनले डिसवासरदेखि ट्याक्सी चालकसम्मको काम गरेर सिटीलाई ट्याक्स तिरेका थिए तर चुनावी प्रकृयामा सहभागी हुन पाएका थिएनन् ।

यसप्रकारको विधेयक सिटी काउन्सिलमा ल्याइएको यो नै पहिलोपटक भने होइन । सन् २००९ र सन् २०१३ मा पनि यो बिल प्रस्ताव गरिएको थियो । तर यसपटक बिल पारित हुने तय भएको छ । बिल पारित भएमा र मेयर बिल डे ब्लाजिओले हस्ताक्षर गरेमा सन् २०२२ मा हुने स्थानीय निर्वाचनमा ग्रिनकार्ड वाहक र वर्क परमिट हुनेहरुले पनि मतदान गर्न पाउने अपेक्षा गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com