क्यालिफोर्नियामा बच्चाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको गलत डोज, केही बच्चा बिरामी
प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार
क्यालिफोर्नियाको एउटा क्लीनिकमा १४ जना बच्चालाई कोरोनाबिरुद्धको भ्याक्सिनको गलत डोज दिइदा कम्तीमा २ जना बच्चाहरु बिरामी भएका छन् । एन्टीओचमा रहेको सटर हेल्थ पेडियाट्रिक भ्याक्सिन क्लीनिकमा १० माइक्रोग्रामको साटो २० माइक्रोग्राम भ्याक्सिनको डोज दिइएको थियो ।
त्यस दिन भ्याक्सिन लगाउन लगिएका सबैलाई गलत डोज दिइएको जनाइएको छ । गल्ती थाहा पाउने बित्तिकै सटर हेल्थले बच्चाका बाबुआमालाई सम्पर्क गरेर सीडीसीको निर्देशिका पालना गर्न सुझाव दिएको थियो ।
तर भ्याक्सिन लगाएको १० घण्टापछि मात्र आफूहरुलाई जानकारी दिइएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका छन् । ८ र ११ वर्षका बालबालिकामा पेट दुख्ने समस्या देखिएको र ११ वर्षका बालक भ्याक्सिन लगाएको केही घण्टामा २ पटक ढलेको बच्चाकी आमाले बताएकी छिन् ।
चिकित्सकले बच्चाहरुलाई नकारात्मक असर नपर्ने र केही दिनमा लक्षण हराएर जाने आशा व्यक्त गरेका छनु । क्लीनिकल परीक्षणका क्रममा १०, २० र ३० माइक्रोग्राम डोज बालबालिकालाई दिइएकाले धेरै चिन्ता गर्नु नपर्ने चिकित्सकको भनाई छ ।
सटर हेल्थले कसरी गल्ती भयो भन्नेबारे पुनरावलोकन गरिरहेको र यस्तो गल्ती दोहोरिन नदिने बताएको छ । मेरिल्याण्डमा भmण्डै १०० बालबालिकालाई गलत डोज दिइएको घटना लगत्तै क्यालिफोर्नियामा यो घटना भएको हो ।






