म्यानमारमा मानवीय संकट थप फैलियो,३० लाख मानिसलाई जीवन जोगाउन सहयोग आवश्यक : राष्ट्रसंघ


प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार

संयुक्त राष्ट्रसंघले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय संकट थप फैलिएको जनाएका छन् ।

राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्धन्द्ध बढ्दै जाने र आर्थिक संकट बढ्ने गरेकाले मानवीय सहायताको आवश्यकता पनि बढेको उल्लेख गर्नुभयो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक नेतृत्वले चर्चित नेतृ आङ साङ् सुकीसहित तत्कालिन सरकार र राजनीतिक दलका अगुवाहरुलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको थियो । शान्तिपूर्ण निकासको प्रयास नभएको र अन्त्यहिन द्धन्द्ध भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो ।

मानवीय सहायत प्रमुख मार्टीनले म्यानमारका मर्कामा परेका जनतालाई तत्काल सहयोग उपलब्ध गराउन सवैलाई आह्वान गर्नु भएको छ । निर्वाचनको नतिजाप्रति असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउन भन्दै सत्ता कब्जा गरेर संकटकाल समेत घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सोमबार म्यानमारमा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । सो निर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रिय निर्वाचन आयोग र निर्वाचन अधिकारीहरुले समेत निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित भएको जनाएका थिए ।

तर म्यानमारको सेनाले भने निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन आयोग समक्ष उजुरी समेत गरेको थियो । तर आयोगले सेनाको दाबी आधारहिन भएको जवाफ दिएको थियो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजरिकले पनि स्वदेशी तथा विदेशी पर्यवेक्षकहरुले समेत निश्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन भएको बताएकाले सेनाको आरोप गलत भएको उल्लेख गर्नुभयो ।

सेनाले निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सत्ता कब्जा गरेपछि म्यानमारसँग अन्तर्राष्ट्रिय सम्वन्ध पनि विग्रिएको छ । कतिपय अन्तर्राष्ट्रिय दाताहरुले आफ्नो सहयोग रोक्का गरेका छन् । त्यसैले पनि थप मानवीय संकट उत्पन्न भएको राष्ट्रसंघको भनाई छ ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com