इराकका प्रधानमन्त्रीको निवासमा ड्रोन हमला


प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार

इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।

इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् । हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी दिएको छैन । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com