बर्लिनको रसियन दूतावास अगाडि मृत भेटिएका व्यक्ति रसियन जासुस भएको दावी


प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार

बर्लिनमा रहेको रसियन दूतावास अगाडि मृत भेटिएका व्यक्ति रसियन खुफिया एजेन्सीसँग सम्बन्धित जासुस रहेको जर्मन अधिकारीहरुले दावी गरेका छन् । गत अक्टोबर १९ मा बर्लिनमा रहेको दूतावास अगाडिको सडकपेटीमा ती रसियन कुटनीतिज्ञको शव भेटिएको थियो ।

३५ बर्षका ती कुटनीतिज्ञको शव विहानै सडकपेटीमा भेटिएको थियो । उनी रसियन दूतावास भवनको माथिल्लो तलाबाट खसेको जनाइएको थियो । उनी भवनबाट किन लडे वा मृत्युको कारण के थियो भन्नेबारे अझै स्पष्ट छैन । मृतक कुटनीतिज्ञ बर्लिनमा रहेको रसियन दूतावासमा सन् २०१९ देखि द्वितीय सचिवका रुपमा रहेका थिए ।

तर जर्मन सुरक्षा अधिकारीहरुले ती व्यक्ति जर्मनको खुफिया एजेन्सी एफएसबीमा कार्यरत जासुस रहेको दावी गरेका छन् । उनी रसियाको एफएसबीका उच्च अधिकारी भएको र द्वितीय सचिवको कभरमा जर्मनीमा रहदै आएको विश्वास गरिएको छ ।

रसियन दूतावासले ती अधिकारीको अटोप्सीका लागि जर्मनीका अधिकारीहरुलाई स्वीकृति दिएको छैन । कुटनीतिक इम्युनिटीका कारण जर्मनीका सार्वजनिक अभियोजनकर्ताहरुले उनका बारेमा अनुसन्धान गर्न नसक्ने रसियन दूतावासको भनाई छ । रसियन र जर्मन अधिकारीहरुले त्यहाँको पत्रिकाले एक खोज रिपोर्ट प्रकाशित गरेपछि रसियन कूटनीतिज्ञको निधन भएको स्वीकार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसियन दूतावासले वक्तब्य जारी गरेर आफ्ना कुटनीतिज्ञको मृत्यु भएको बताएको छ । साथै उनको शव स्वदेश पठाउन प्रकृया अगाडि बढाइएको समेत बताएको छ । पश्चिमा संचारमाध्यमले घटनाबारे आएका समाचारहरु गलत भएको भन्दै दूतावासले खण्डन समेत गरेको छ ।

जर्मनको विदेश मन्त्रालयका प्रवक्ताले आफूहरु रसियन कुटनीतिज्ञको मृत्युबारे जानकार रहेको तर सम्बन्धित व्यक्ति र आफन्तको व्यक्तिगत मामलाका कारण थप जानकारीहरु सार्वजनिक गर्न नसक्ने बताएका छन् । रसियन विपक्षी नेता एलेक्स नवलनीलाई सन् २०२० को अगस्तमा विष दिनु अगाडि तीनबर्षसम्म रसियन खुफिया एजेन्सी एफएसबीको टिमले ६ देखि १० जनासम्म पिछा गरेको रिपोर्ट आएको एकबर्षपछि यी कुटनीतिज्ञको मृत्यु भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com