अलविदा कोलिन पावेल: अन्तिम संस्कारमा २ पूर्व राष्ट्रपति ओबामा र बुसका साथमा बाइडेन उपस्थीत


प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार

President Joe Biden, first lady Jill Biden, former President Barack Obama, former first lady Michelle Obama and former President George W. Bush stand during a funeral service for former Secretary of State Colin Powell at the Washington National Cathedral, Friday, Nov. 5, 2021, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको अन्तिम संस्कारमा २ पूर्व राष्ट्रपतिहरु बराक ओबामा र जर्ज डब्ल्यु बुसका अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थीत भएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुक्रबार आयोजित अन्तिम संस्कारमा वर्तमान विदेशमन्त्री एन्टोनी ब्लींकेन र पूर्व अमेरिकी विदेशमन्त्रीहरु हिलारी क्लिन्टन र कोन्डोलिजा राइसको पनि उपस्थीति रहेको थियो ।

पावेलको अक्टोबर १८ मा कोरोना संक्रमणको जटिलताबाट ८४ बर्षको उमेरमा निधन भएको थियो । पावेलले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका थिए भने उनको वाल्टर रिड नेशनल मेडिकल सेन्टरमा उपचार गरिएको थियो । पावेल सन् २००१ देखि सन् २००५ सम्म राष्ट्रपति जर्ज डब्ल्यु बुसको पहिलो कार्यकालमा विदेशमन्त्री भएका थिए । पावेल अमेरिकाका ६५ औं विदेशमन्त्री थिए ।

कोलिन पावेल अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री थिए । उनी सन् १९८९ मा संयुक्त चिफ अफ स्टाफका १२ औं अध्यक्ष समेत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९८७ देखि सन् १९८९ सम्म पावेल अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए भने त्योभन्दा अगाडि सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । सन् १९३७ मा न्युयोर्क सिटीमा जन्मिएका उनको ८४ बर्षको उमेरमा निधन भएको हो ।

कोलिन पावेल

रिपब्लिकन प्रशासन अन्तगत महत्वपूर्ण भूमिकाहरुमा रहेर काम गरेका पावेलले गत जनवरीमा क्यापिटल हिलमा भएको दंगापछि आफूलाई रिपब्लिकन नमान्ने घोषणा गरेका थिए ।

नेपालको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी

पावेल नेपालको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी थिए । सन् २००१ को जनवरी २० देखि सन् २००५ को जनवरी २६ सम्म अमेरिकाको ६५ औं विदेशमन्त्री भएका पावेलले सन् २००२ मा नेपालको भ्रमण गरेका थिए ।

उनी नेपालको भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले नेपालको भ्रमण गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका थिए । उनलाई नेपालका तत्कालिन परराष्ट्रमन्त्री डाक्टर रामशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कोलिन पावेलले सन् २००२ को जनवरी १८ मा नेपालका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्च अधिकारीहरुलाई भेटेका थिए ।

नेपाल भ्रमणका क्रममा कोलिन पावेल

कोलिन पावेल नेपाल भ्रमणमा आएको झण्डै १७ बर्षसम्म नेपाल र अमेरिकाबीच उच्चस्तरीय औपचारिक भेटघाट भएको थिएन । सन् २०१८ को डिसेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको भेटवार्ता त्यसपछिको उच्चस्तरीय औपचारिक भेटघाट थियो । तर उक्त भेटघाट अमेरिकामा भएको थियो ।

सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएयता दुईदेशका अधिकारीबीचको औपचारिक भ्रमण भएको थिएन । यद्यपी युद्धमा रहेको माओवादीविरुद्ध अप्रेसनमा सैन्य सहयोग माग्दै देउवा अमेरिका पुगेर राष्ट्रपति जर्ज डब्लु बुससँग भेटवार्ता गरेका थिए । तर, अमेरिकी दस्तावेजमा देउवाको भ्रमणलाई निजी भनिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्रीस्तरीय वार्तालाई भने औपचारिक वार्ता भनिएको थियो ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध झण्डै ७३ बर्ष पुरानो सम्बन्ध हो । यो सम्बन्धको दौरान कोलिन पावेलको नेपाल भ्रमणलाई निकै महत्वपूर्ण मानिन्छ । अमेरिकाले नेपाललाई सन् १९४७ मा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गरेको थियो । सन् १९४७ को अप्रिल २५ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

सन् १९९५ मा प्रथम महिलाका रुपमा हिलारी क्लीन्टनले नेपालको भ्रमण गरेकी थिइन् । कार्टर सेन्टरका संस्थापकका रुपमा अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले सन् २००७ र सन् २००८ मा नेपालको भ्रमण गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com