चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ।
गुआङ्मु नामक उपग्रहलाई लङ मार्च(६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो।
प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो। चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह (SDGSAT-1) विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।
तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ ।एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।