बेलायतमा कोरोना सङ्क्रमित बढ्दै, भारतमा घट्दै
प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार
बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो ।
यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् ।
भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ ।





