चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको छ : चीन


प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गर्नुभएको छ। आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उहाँले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताउँनुभएको छ ।

मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले ३०० भन्दा बढी चीन विरोधी विधेयकहरू पेश गरेको र ९०० भन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढङ्गले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको र जसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको टिप्पणी गर्नुभएको छ ।

विदेश मन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापी स्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोही अनुकूलको दबाब दिइरहेको छ । यी अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि नभएको हुनाले र वर्तमान समयको विकाससँग पनि असान्दर्भिक रहेकाले चीनले यसको स्पष्ट विरोध गरेको मन्त्री वाङले स्पष्ट पार्नुभएको छ ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकयताको महत्त्वपूर्ण अनुभव भनेको चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टकरावबाट हुने नोक्सानी हो । एंकोरेज, तियान्जिन र ज्यूरिचले एकअर्कालाई सम्मान गर्नुपर्छ र एकअर्कालाई समान रूपमा व्यवहार गर्नुपर्छ, मन्त्री वाङको बुझाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउँन बारम्बार आह्वान गर्नु महत्त्वपूर्ण रहेको र यस वर्ष चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्र प्रमुखहरूबीच दुई पटकको फोन वार्तामा निकै महत्त्वपूर्ण सहमति भएको मन्त्री वाङले बताउँनु भएको छ। दुई पक्षले वार्ता पुनः शुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ रहेको छ । मन्त्री वाङका अनुसार अहिलेको अत्यावश्यक कार्य भनेको दुवै पक्षले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि राजनीतिक तयारी गर्नुपर्ने नै हो ।

उक्त भेटका अवसरमा मन्त्री वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

ताइवान मुद्दा चीन र संयुक्त राज्य अमेरिका बीचको सबैभन्दा संवेदनशील मुद्दा हो, वाङले भन्नुभयो, यदि यसलाई गलत तरिकाले बुझ्न थालियो भने यसले द्वीपक्षीय सम्बन्धलाई पूर्णरूपले क्षति पुर्याउँनेछ। वाङले हालै ताइवानको अवस्था फेरि तनावपूर्ण बनेको र अमेरिकाले चीनले यथास्थितिमा परिवर्तन गरेका कारणले गर्दा यस्तो भएको हो भनी बारम्बार गर्ने गरेको टिप्पणीमा कुनै सत्यता नरहेको र अन्तरराष्ट्रिय समूदायमा भ्रामक प्रचार गरेको बताउँनुभएको छ।

वाङले ताइवान मुद्दाको वास्तविक स्थिति एक चीन हो, ताइवान चीनको एक हिस्सा हो र मुख्य भूमि र ताइवान एउटै देशको हो भन्ने कुरामा जोड दिँदै ऐतिहासिक अनुभवहरू र तथ्यले यसको प्रतिनिधित्व गरेको उल्लेख गर्नुभएको छ । ताइवान तनाबको वर्तमान अवस्थाको मुख्य कारण ताइवान अधिकारीहरूले बारम्बार एक(चीन ढाँचा तोड्ने प्रयास गरेका छन् र ूताइवान स्वतन्त्रताू सेनाहरूको लागि संयुक्त राज्य अमेरिकाको सहयोग र समर्थन पनि त्यतिकै दोषी छ, वाङले भन्नुभयो।

हामी संयुक्त राज्य अमेरिकालाई ूताइवान स्वतन्त्रताू को नाममा हुनसक्ने गम्भीर हानी महसुस गर्न, नक्कली नीतिको सट्टा वास्तविक एक चीन नीति अपनाउन, विश्वासघातको सट्टा इमानदारीपूर्वक चीनप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौं, वाङले भन्नुभयो, “एक चीन नीतिलाई साँच्चै कार्यान्वयन गर्न र त्यसलाई व्यवहारमा उतार्न पनि हामी संयुक्त राज्य अमेरिकालाई आग्रह गर्छौं” ।

मन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याउँनु भएको छ। संयुक्त राज्य अमेरिका चीनसँग संवाद कायम राख्न, भिन्नतालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र टकराव वा संकटबाट बच्न इच्छुक रहेको उहाँले बताउँनुभयो ।

त्यसैगरी वाङले संयुक्त राज्य अमेरिकाले चीनको वैधानिक अधिकार र हितलाई हानि पुर्‍याएको विभिन्न मुद्दाहरूमा चीनको गम्भीर चासो व्यक्त गर्दै अमेरिकी पक्षलाई उक्त विषयलाई गम्भीरतापूर्वक लिन पनि अनुरोध गर्नुभएको छ । सो अवसरमा दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा आपूर्ति, इरानको आणविक समस्या, कोरियाली प्रायद्वीपको अवस्था, म्यानमार, अफगानिस्तानलगायतका महत्त्वपूर्ण विषयमा पनि विचार आदानप्रदान गरेका छन् र विभिन्न विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न वार्ता जारी राख्ने इच्छा समेत व्यक्त गरेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com