जुम्ल्याहा बच्चा जन्माउँदै रोनाल्डोको जोडी, तीन महिलाबाट ६ सन्तान


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् ।

ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् ।

रोनाल्डोले इन्स्टाग्राममा अल्ट्रासाउण्ड स्क्यान समातेको तस्वीर पोष्ट गर्दै जुम्ल्याहा बच्चा जन्मिन लागेको खुशी व्यक्त गरेका छन् । रोडरीगेजसँग रोनाल्डोको पहिलो बच्चा एलेना मार्टिना सन् २०१७ मा जन्मिएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com