नेपालमा १८ वर्षमाथिका ३२ प्रतिशतले लगाए पूर्ण खाेप


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

नेपालमा १८ वर्षमाथिका ३२ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोपको पूर्ण डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ सम्मको तथ्यांकअनुसार १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय ३६ जनामध्ये ३२ प्रतिशत अर्थात् ६९ लाख ६२ हजार १ सय ६४ जनाले खोपको पूर्ण डोज लगाएका हुन्।

यस्तै, ८७ लाख २ हजार ७ सय ५ जना अर्थात् ४० प्रतिशतले पहिलो डोज लगाएका छन्।

काठमाडौं उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७ सय ७३ जनामध्ये पूर्ण डोज लगाउनको संख्या ७४ प्रतिशत छ भने पहिलो डोज ८१ प्रतिशत अर्थात् १७ लाख ४५ हजार ५ सय ७० जनाले लगाएका छन्।

काठमाडौ महानगरपालिकाले शुक्रबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरू गरेको छ। खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिले अनलाइन दर्ता कोड लिएर खोप केन्द्रमा गइ खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com