धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो


प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो स्थानमा परेको छ । दक्षिण एशियाका मुलुकहरुमा नेपालमा कुल जनसङ्ख्यामध्ये १९ दशमलव ४४ प्रतिशतले कोरोनाबिरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

नेपालमा हालसम्म ६२ लाख जनाले कम्तीमा एकडोज र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। कोभिशिल्ड, आष्ट्राजेनेका र भेरोसेल खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको एकडोजमात्र लगाए पुग्ने भएकोमा नेपालमा अहिलेसम्म झण्डै सबा करोड डोज खोप वितरण भइसकेको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

भारतमा कुल जनसङ्ख्याको १४ दशमलव ५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेका छन् । त्यस्तै पाकिस्तानमा कुलमध्ये ११ दशमलव ०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ। श्रीलङ्कामा कुल जनसङ्ख्याको ५० दशमलव ३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ।

बाङ्ग्लादेशमा ८ दशमलव ८७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकको तथ्याङ्क छ। दक्षिण एशियामा अफगानिस्तानमा सबैभन्दा कम १ दशमलव १३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माल्दिभ्समा कुल जनसङ्ख्याको ६२ दशमलव १६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्। दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात्‌ ६२ दशमलव ७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com