दुबै डोज भ्याक्सिन लगाएपछि पनि संक्रमित जीवा लामिछानेको ‘कोभिड अनुभव’


प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार

कोभिड संक्रमणबाट निको भएपछि जीवा लामिछानेले पोष्ट गरेको तस्वीर ।

(जर्मनीमा बस्दै आउनुभएका नेपाली उद्यमी एवं एनआरएनएका भूतपूर्व अध्यक्ष जीवा लामिछानेले कोरोनाबिरुद्धको दोश्रो डोज लगाइसकेको पाँच महिना पूरा भइसकेको थियो । तर अगस्तको तेश्रो साता उहाँमा कोरोनाको संक्रमण पुष्टी भयो । त्यसपछि उहाँले भोगेको अवस्था र ५ वटा सुझावबारे उहाँले सामाजिक सञ्जालमा पोष्ट गरेको सामाग्री खसोखासका पाठकका लागि पनि उपयुक्त हुने ठानेर प्रकाशित गरेका छौं । – सम्पादक)

दोश्रो डोज खोप लगाएकाहरुलाई पनि कोभिड संक्रमण हुन सक्छ ।

२० अगस्तमा अन्तराष्ट्रिय उडान गर्नु पर्ने भएकोले एकदिन अघि पीसीआर टेस्ट गराएँ । दुवै डोज खोप लगाएको र कोरोना सम्बन्धि सावधानी अपनाउने मामिलामा म निक्कै सजग पनि रहेकोले नेगेटिभ नतिजा आउने कुरामा म ढुक्क थिएँ । मैले दोश्रो डोज खोप लगाएको पनि पांच महिना पुरा भै सकेको थियो । यस बिचमा पटकपटक एन्टीबडी परिक्षण पनि गराएको थिएँ । शरिरमा प्रसस्त एन्टीबडी बनेर कोभिड विरुद्ध प्रतिरक्षात्मक क्षमता रहेको देखिएको थियो ।

तर सोचे जस्तो संधै कहाँ हुन्छ र ? पिसिआर रिपोर्ट पोजिटिभ देखियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस दिनको पिसीआर रिपोर्टमा सिटि भ्यालु ३५.२६ देखिएको र कहिलेकाहीं गलत नतिजा पनि आउन सक्छ भन्ने सुनेकोले भोलिपल्ट बिहान फेरी स्वाव टेस्ट गराएँ ।

दोश्रो रिपोर्ट पनि पोजिटिभ नै देखियो र भोलिपल्टको सिटि भ्यालु २३ मा झरेकोले कोरोनाको संक्रमण सुरु हुने क्रममा रहेको थाहा भयो । सीटि भ्यालु कम हुनु भनेको कोरोनाको तिब्रता भन्दा पनि त्यसले अरुलाई सार्न सक्ने संक्रामकता बढी हो भनेर बुझ्नु पर्ने रहेछ ।

२० अगस्तको उडानलाई रद्द गरेर आफुलाई होम आइसोलेशनमा राखें ।

तेश्रो दिन बिहान उठ्दा जिउ दुख्ने र सुख्खा खोकी लाग्ने क्रम सुरु भयो । खोकी लाग्दा छाती दुखे जस्तो भएकोले छातीरोग बिशेसज्ञसंग परामर्श गरें । उहाँले छाती परिक्षण गर्ने सल्लाह दिनु भयो ।

एक्सरे गर्दा केहि नदेखिए पनि सिटि स्क्यानमा भने देब्रे पट्टिको फोक्सोमा सानो दाग देखिएकोले कोभिडका कारण निमोनिया सुरु हुन लागेको आशंका गरि त्यसै अनुरुप औषधिहरु चलाइयो । मेरो सिटि स्क्यानको रिपोर्टमा बाया फोक्सोमा कोभिड १९ निमोनियाको जस्तो प्याचहरु देखिएको उल्लेख गरिएको थियो ।

चौथो दिनदेखि जिब्रोले स्वाद थाहा पाउन छाड्यो ।

दशौँ दिनमा पुन: पिसीआर टेस्ट गर्दा नतिजा नेगेटिभ आयो । तर पनि खोकी लाग्ने र जिउ दुख्ने क्रम रोकिएको थिएन ।

मलाई देखिएका कोभिडका लक्षणहरु माइल्ड प्रकृतिका हुन् । यसो हुनुमा दुवै डोज खोप लगाउनु मुख्य कारण हो भन्ने लागेको छ । म अहिले पूर्णरुपमा स्वस्थ्य भएको छु । यद्यपी रक्त परिक्षणमा केहि सूचकहरु (डी-डाइमर,फेरिटिन र एलडीएच लेभेल) अझै केहि उच्च छन् ।

कोभिड १९ लागेर स्वस्थ्य भएको अनुभवका आधारमा मेरा केहि सुझावहरु यस प्रकारका छन् :

– सम्भव भएसम्म खोप लगाउनु होला । खोप लगाउनु हुँदैन भन्नेहरुको जमात पनि ठुलो छ ।

– कोभिडमा खोकी लागेर छाती दुख्यो भने तुरुन्तै चिकित्सकसंग परामर्श गर्नु होला । यस्तो अवस्थामा निमोनियाको ठुलो सम्भावना हुँदो रहेछ । निमोनियाको लेभल बमोजिम फोक्सोको क्षति निर्धारण हुने भएकोले सुरु अवस्थामा नै उपचार गरि हाल्नु पर्दछ ।

– बिरामी हुँदा धेरै थरिका सल्लाह/सुझाव आउने रहेछन । सम्बन्धित बिशेसज्ञको सल्लाह मात्रै ग्रहण गर्नु होला ।

– बिरामीको शारीरिक अवस्था, पुराना रोगको हिस्ट्री आदिका आधारमा उपचार पद्धति अपनाउनु पर्ने भएकोले मलाई यसो गर्दा ठिक भएको थियो तपाईंले पनि यहि पद्दति अवलम्बन गर्नुहोस् भनेर सुझाव-सल्लाह नदिनु नै जाति हुन्छ ।

– आत्मबल उच्च राख्नुहोला । सावधानी अपनाउनु होला । कोरनासंगको लडाई जित्न सकिन्छ ।

कोरोना संक्रमण हुँदा मेरो स्वास्थ्यबारे चासो राखेर मलाई हौसला र उत्प्रेरणा दिनु हुने सम्पूर्ण सर्हिदयी मित्रहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com