प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूबाट कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवन तोडफोड र कब्जा
प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार
NEW YORK, NEW YORK – APRIL 30: Demonstrators supporting Palestinians in Gaza barricade themselves inside Hamilton Hall, where the office of the Dean is located on April 30, 2024 in New York City. Pro-Palestinian demonstrators marched as a 2 p.m. deadline to clear the encampment given to students by the university came and went. The students were given a suspension warning if they did not meet the deadline. Students at Columbia were the first from an elite college to erect an encampment, demanding that the school divest from Israel amid the Israel-Hamas war, in which more than 34,000 Palestinians have been killed in the Gaza Strip. Alex Kent/Getty Images/AFP (Photo by Alex Kent / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
न्युयोर्कको कोलम्बिया विश्वविद्यालयले एक हप्ता लामो विरोध प्रदर्शन शिविरमा संलग्न विद्यार्थीहरूलाई निलम्बन गर्न थालेपछि प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवनमा आक्रमण गरेर कब्जा गरेका छन् । प्रदर्शनकारीहरुले मंगलबार बिहान विद्यालयको ह्यामिल्टन हलमा झ्यालहरू भत्काउन हथौडा प्रयोग गरेको भिडियोहरुमा देखिएको छ ।
प्रदर्शनकारीहरुले ह्यामिल्टन हल कब्जामा लिएर ब्यारिकेड लगाएका छन् भने इजरायल गाजा युद्धमा मारिएकी ६ वर्षीया बालिकाको सम्मानमा हिन्दको हल नामकरण गरेका छन् । विरोध आयोजकहरूले एक विज्ञप्तिमा स्वायत्त समूहले ह्यामिल्टन हललाई कब्जामा लिएको बताएका छन् । कोलम्बियाका प्रशासकहरूले प्रदर्शनकारीहरूलाई अगाडि बढ्न बाध्य बनाएको प्रदर्शनकारीहरुको तर्क छ ।

विद्यार्थीहरूले ह्यामिल्टन हल कब्जा गरेपछि कोलम्बियाका अधिकारीहरूले मोर्निंगसाइड क्याम्पसमा पहुँचमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । त्यहाँ विश्वविद्यालय आवासीय भवनहरूमा बस्ने विद्यार्थीहरू र आवश्यक सेवाहरू प्रदान गर्ने कर्मचारीहरूले मात्र पहुँच पाउनेछन् ।
क्याम्पस भित्र र बाहिर जाने एक मात्र पहुँच बिन्दु ११६ औं स्ट्रीट र एम्स्टर्डम गेट हो । अन्य सबै क्याम्पस प्रवेश बिन्दुहरू बन्द रहेका छन् । परिस्थिति नबदलिएसम्म यो प्रतिबन्ध कायम रहने जनाइएको छ ।
कभर फोटोमा प्यालेस्टिनी समर्थन प्रदर्शनकारीले हथौडाले कोलम्बिया युनिभर्सिटीको ह्यामिल्टन हल तोड्दै । (एलेक्स केन्ट/ गेटी /एएफपी)






