कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई अमेरिकामा एफडीएबाट प्रयोगका लागि पूर्ण स्वीकृति


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

अमेरिकाको औषधी नियामक एजेन्सी एफडीएले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई प्रयोगका लागि पूर्ण स्वीकृति प्रदान गरेको छ । गत डिसेम्बरमा यो भ्याक्सिनलाई अमेरिकामा आपतकालिन प्रयोगको स्वीकृतिमात्र प्रदान गरिएको थियो ।

भ्याक्सिनको पूर्ण स्वीकृतिलाई भ्याक्सिन लगाउने दर बृद्धि हुने कोसेढुंगाका रुपमा हेरिएको छ । छोटो समयमा भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडीएको इतिहासमा नै यो पहिलोपटक हो । फाइजरले पूर्ण स्वीकृतिका लागि आवेदन दिएको ४ महिनाभन्दा पनि कम समयमा भ्याक्सिनलाई स्वीकृति प्रदान गरिएको हो ।

एफडीएले यसअगाडि सेप्टेम्बरको पहिलोसातासम्म भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गर्ने आन्तरिक डेडलाइन तय गरेको थियो । तर उक्त डेडलाइन अगाडि नै भ्याक्सिन स्वीकृत गरिएपछि अझैधेरै अमेरिकनहरुले ढुक्क भएर भ्याक्सिन लगाउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब केही विश्वविद्यालयहरु र अस्पतालहरुले भ्याक्सिन अनिवार्य गर्ने अपेक्षा गरिएको छ । पेन्टागनले पनि भ्याक्सिन अनिवार्य गर्ने योजना बनाएको छ । अब फाइजरले एफडीएसमक्ष भ्याक्सिनको तेश्रो डोजको स्वीकृतिका लागि आवेदन दिने अपेक्षा गरिएको छ ।

भ्याक्सिनको दोश्रो डोज लगाएको ८ महिना नाघिसकेकाहरुले बुस्टर डोजका लागि तयार रहन र सेप्टेम्बर २० देखि बुस्टर डोज लगाउन सुरु गरिने बाइडेन प्रशासनले बताइसकेको छ । फाइजरले तेश्रो डोज सुरक्षित र प्रभावकारी भएको तथ्यांक आगामी साता एफडीएमा बुझाउने अपेक्षा गरिएको छ ।

एफडीएले प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई फाइजर र मोडेर्नाको तेश्रो डोज स्वीकृत गरिसकेको छ । यो निर्णयलाई सीडीसीले पनि स्वीकृत गरेपछि कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरुलाई तेश्रो डोज दिन सुरु गसिकिएको छ ।

नियामकहरुले मोडेर्ना भ्याक्सिनको पूर्ण स्वीकृतिका लागि पनि काम गरिरहेका छन् । तर अबको केहीसातापछिमात्र मोडेर्नाले पूर्ण स्वीकृति पाउने अपेक्षा गरिएको छ । मोडेर्नाले तेश्रो डोजको स्वीकृतिका लागि आगामी सेप्टेम्बरमा आवेदन दिने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com