सोमबार कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई पूर्ण स्वीकृतिको तयारीमा एफडीए


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

अमेरिकाको औषधी नियामक एजेन्सी एफडीएले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई सोमबार पूर्ण स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । गत डिसेम्बरमा यो भ्याक्सिनलाई अमेरिकामा आपतकालिन प्रयोगको स्वीकृतिमात्र प्रदान गरिएको थियो ।

नियामकहरुले शुक्रबार नै प्रकृया पूरा गर्ने लक्ष्यका साथ काम गरेपनि पूरा गर्न नसकेको र कागजीपकृया तथा कम्पनीसँगको छलफल जारी रहेकाले सोमबारसम्म यो प्रकृया पूरा हुने अपेक्षा गरिएको छ । केही विषयमा पुनरावलोकनका लागि समय लागेको खण्डमा स्वीकृति सोमबारभन्दा केही ढिलो समेत हुनसक्ने न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ ।

एफडीएले भने यसबारे केही बताएको छैन । एफडीएले यसअगाडि लेबर डेसम्म भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गर्ने आन्तरिक डेडलाइन तय गरेको थियो । तर उक्त डेडलाइनपनि घोषित डेडलाइन भने होइन । भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गरेपछि अझैधेरै अमेरिकनहरुले ढुक्क भएर भ्याक्सिन लगाउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गरेपछिमात्र केही विश्वविद्यालयहरु र अस्पतालहरुले भ्याक्सिन अनिवार्य गर्ने अपेक्षा गरिएको छ । पेन्टागनले पनि सेप्टेम्बरको मध्यसम्म वा एफडीएले कदम चालेको खण्डमा अझ अगाडि नै भ्याक्सिन अनिवार्य गर्ने योजना बनाएको छ । पूर्ण स्वीकृति प्राप्त भए लगत्तै फाइजरले एफडीएसमक्ष भ्याक्सिनको तेश्रो डोजको स्वीकृतिका लागि आवेदन दिने अपेक्षा गरिएको छ ।

भ्याक्सिनको दोश्रो डोज लगाएको ८ महिना नाघिसकेकाहरुले बुस्टर डोजका लागि तयार रहन र सेप्टेम्बर २० देखि बुस्टर डोज लगाउन सुरु गरिने बाइडेन प्रशासनले बुधबार बताइसकेको छ । फाइजरले तेश्रो डोज सुरक्षित र प्रभावकारी भएको तथ्यांक आगामी साता एफडीएमा बुझाउने अपेक्षा गरिएको छ ।

एफडीएले प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई फाइजर र मोडेर्नाको तेश्रो डोज गतसाता नै स्वीकृत गरिसकेको छ । यो निर्णयलाई सीडीसीले पनि स्वीकृत गरेपछि कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरुलाई तेश्रो डोज दिन सुरु गसिकिएको छ ।

नियामकहरुले मोडेर्ना भ्याक्सिनको पूर्ण स्वीकृतिका लागि पनि काम गरिरहेका छन् । तर फाइजरलाई पूर्ण स्वीकृति प्रदान गरेको केहीसातापछिमात्र मोडेर्नाले पूर्ण स्वीकृति पाउने अपेक्षा गरिएको छ । मोडेर्नाले तेश्रो डोजको स्वीकृतिका लागि आगामी सेप्टेम्बरमा आवेदन दिने अपेक्षा गरिएको छ ।

अमेरिकामा अहिलेसम्म २ सय मिलियनभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् भने पूर्ण डोज लगाउनेहरु १७० मिलियनभन्दा धेरै रहेका छन् । २०३ मिलियन फाइजरका, १४२ मिलियन मोडेर्नाका र १४ मिलियन जोन्सन एण्ड जोन्सनका डोजहरु अमेरिकामा लगाइसकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com