न्युयोर्क सिटीमा मोडेर्ना र फाइजर भ्याक्सिनको तेश्रो डोज सुरु, को को योग्य ?


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

न्युयोर्क सिटीमा स्थानीय सरकारबाट संचालित भ्याक्सिन केन्द्रहरुमा कोरोनाबिरुद्धको मोडेर्ना र फाइजर भ्याक्सिनको तेश्रो डोज दिन सुरु गरिएको छ । तेश्रो डोज भ्याक्सिन अप्वाइन्टमेन्ट लिएर वा नलिइकनै वाकइनमा पनि लगाउन सकिनेछ ।

क्यान्सरको सकृय उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गरेकाहरु, विगत दुईबर्षभित्र स्टीम सेल प्रत्यारोपण गरेकाहरु, ठीक्क वा गम्भिर प्रकारको इम्युनोडेफिसेन्सी भएकाहरु, एचआईभी संक्रमितहरु, प्रतिरक्षा प्रणाली कमजोर बनाउने प्रकारका उपचार गराइरहेकाहरुलाई तेश्रो डोज लगाउन सिफारिस गरिएको छ । तर उनीहरुले तेश्रो डोज लगाउनु अगाडि उपचार गराइरहेका चिकित्सकको सल्लाह लिन सुझाव दिइएको छ ।

न्युयोर्क सिटीको सुचना विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

१२ बर्षभन्दा माथिकाहरुमात्र मोडेर्ना वा फाइजरको तेश्रो डोज लिन योग्य रहेका छन् । जोन्सन एण्ड जोन्सनको डोज लगाएकाहरुलाई भने तेश्रो डोज लगाउन स्वीकृति प्रदान गरिएको छैन । तेश्रो डोज लगाउनजाँदा प्रतिरोध प्रणाली कमजोर भएको कुनै कागजात पेश गर्न आवश्यक छैन, स्वघोषणाका आधारमा लगाउन सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपलब्ध भएसम्म पहिलो र दोश्रो डोज जुन ब्राण्डको भ्याक्सिन लगाएको हो, तेश्रो डोज पनि त्यही भ्याक्सिन लगाउन सुझाव दिइएको छ । तर उपलब्ध नभएको खण्डमा मोडेर्ना वा फाइजरमध्ये कुनै एउटा भ्याक्सिन लगाउन सकिनेछ । तेश्रो डोज लगाउनका लागि पहिलो र दोश्रो डोज लगाएकै स्थानमा जानपनि अनिवार्य छैन ।

तेश्रो डोज लगाउनका लागि दोश्रो डोज लगाएको कम्तीमा चारसाता कुर्न सुझाव दिइएको छ । चारसाता नाघिसकेको छ भने जति समयपछि पनि तेश्रो डोज लगाउन सकिन्छ, त्यसका लागि कुनै समयसिमा तोकिएको छैन । तेश्रो डोज भ्याक्सिन पनि निशुल्क उपलब्ध रहेको छ ।

गत शुक्रबार सीडीसीले प्रतिरोध क्षमता कमजोर भएकाहरुका लागि भ्याक्सिनको तेश्रो डोज स्वीकृत गरेको थियो । एफडीएको स्वीकृति लगत्तै सीडीसीले पनि स्वीकृति प्रदान गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com