डेल्टा भेरियन्टका केही लक्षण विगतका भन्दा फरक, मुख्य लक्षण यस्ता


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

टेकु स्थीत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवण कुमार मण्डल कोरोना संक्रमित आफ्ना आमा र बुबाको उपचार गर्दै । फोटो:  दीपेन्द्र ढुंगानाको इन्स्टाग्रामबाट

कोरोनाको डेल्टा भेरियन्टका लक्षणहरु विगतका भेरियन्टको तुलनामा पहिचान गर्न कठिन हुने खालका रहेको स्वास्थ्यविदहरुले बताएका छन् । कतिपय लक्षणहरुका कारण व्यक्तिले एलर्जी वा अन्य प्रकारको रोग भएको अनुमान गर्ने अवस्था आउने गरेको उनीहरुको भनाई छ ।

अमेरिकाको लुजियानाका स्वास्थ्य अधिकारी जो कान्टरका अनुशार डेल्टा भेरियन्टको संक्रमण भएमा खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने जस्ता विगतका भेरियन्टका जस्ता लक्षण पनि देखिने बताए । तर साइनस, नाक बुझिने, घाँटी दुख्ने जस्ता लक्षण भएका व्यक्तिमा पनि डेल्टा भेरियन्टको संक्रमण भएको पाइएको छ ।

सामान्यमात्र लक्षण देखिएका र सिकिस्त नभएका कैयन व्यक्तिमा लक्षणका कारण डेल्टा भेरियन्टको परीक्षणविना पहिचान गर्न मुस्किल हुने गरेको हो । घाँटीमात्र दुख्ने, नाक बुझिने वा साइनसमात्रको लक्षण भएपनि कोरोना परीक्षण गराउन र अन्य व्यक्तिसँगको संसर्ग सिमित बनाउन स्वास्थ्यविदहरुले सुझाव दिएका छन् । जो कोभिड लक्षण अध्ययनका शोधकर्ताहरुका अनुसार लगातार हाछ्युमात्र गर्ने पनि डेल्टा भेरियन्ट संक्रमणको लक्षण हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञहरुले कपडाको मास्क लगाउँदा केएन ९५ मास्कजति प्रभावकारी नहुने भएकाले डेल्टा भेरियन्टबिरुद्धको लडाईमा केएन ९५ मास्क लगाउन सुझाव दिएका छन् । अमेरिकामा पछिल्लो चरणमा संक्रमित अधिकांशहरुमा डेल्टा भेरियन्ट देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com