अमेरिकाको पासपोर्ट र विदेशमा जन्मनेको कन्सुलर रिपोर्टमा लैंगिक तटस्थताको प्रकृया सुरु


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

अमेरिकी पासपोर्ट

निकट भविश्यमा नै  अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्ने भएका छन् । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह थप्नका लागि काम सुरुवात गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बताएका छन् ।

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका अमेरिकन नागरिक व्यक्तिका लागि उचित व्यवहार सुनिश्चित गर्नका लागि थप कदम चालिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह प्रदान गर्ने लक्ष्यसहित अमेरिकी पासपोर्ट र विदेशमा जन्मने अमेरिकी नागरिकलाई जारी गरिने कन्सुलर रिपोर्टमा अपडेटको प्रकृया सुरु भइसकेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

पासपोर्ट र कन्सुलर रिपोर्टमा लैंगिक चिन्हहरु थप्ने प्रकृया जटिल भएको र आईटी प्रणालीमा बृहत अपडेटका लागि केही समय लाग्ने स्पष्ट पारिएको छ । पासपोर्ट र कन्सुलर रिपोर्टमा लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह कहिलेदेखि प्रदान गर्नेभन्नेबारे मिति अहिलेनै प्रदान गर्न नसकिएपनि यसबारे विदेशमन्त्रालयको वेवसाइटमा अपडेट गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले नै लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुले फरक संकेत चिन्हसहित पासपोर्टका लागि आवेदन दिनभने सक्नेछैनन् । त्यसका लागि केही समक्ष प्रतिक्षा गर्नुपर्नेछ ।

यदि परिचयपत्रहरु वा अमेरिकी नागरिकताको प्रमाणपत्रमा भएको लिंगभन्दा फरक लिंग उल्लेख गरेर अमेरिकी पासपोर्ट प्राप्त गर्न चाहेको खण्डमा पनि मेडिकल प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरिने भएको छ । उनीहरुले पासपोर्ट आवेदन दिंदा आफूले चाहेको लिंग विना कुनै झन्झट छनौट गर्न सक्ने भएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com