अमेरिकाको ओहायोमा भ्याक्सिन लगाएकाबीच लोटरीमार्फत सातामा एकजनालाई १० लाख डलर दिइने
प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार
अमेरिकाको ओहायो राज्यले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुमध्येबाट लोटरी गरेर ५ जनालाई दश दश लाख डलर नगद दिने भएको छ । भ्याक्सिन लगाउनेहरुको संख्या बृद्धिका लागि ओहायो राज्यले यस्तो योजना अगाडि ल्याएको गभर्नर माइक डेवाइनले बताएका छन् ।
Starting on May 26th, we will announce a winner of a drawing for adults who have received at least their first dose of the vaccine.
This announcement will occur each Wednesday for five weeks, and the winner each Wednesday will receive $1 million.— Governor Mike DeWine (@GovMikeDeWine) May 13, 2021
आगामी मे २६ मा पहिलो विजेताको घोषणा गरिने भएको छ । यो लोटरी मे २६ देखि ५ हप्तासम्म खोलिने र हरेक साता एकजनालाई १० लाख डलर प्रदान गरिनेछ । कम्तीमा एउटा डोज भ्याक्सिन लगाएकाहरुमध्येबाट विजेता घोषणा गरिने जनाइएको छ ।
Also starting May 26th, we will announce the winner of a drawing of all those 17 years-old and under who are vaccinated. The winner will receive a full, four-year scholarship to our state universities.
We will do this every Wednesday, for five straight Wednesdays.
— Governor Mike DeWine (@GovMikeDeWine) May 13, 2021
यो कार्यक्रम ओहायो लोटरीले संचालन गर्ने जनाइएको छ । १८ बर्षभन्दा माथिका सबै ओहायोबासीहरु यो कार्यक्रमका लागि योग्य हुने जनाइएको छ । विजेताहरु ओहायोको सार्वजनिक मतदाता डाटाबेसबाट छनौट गरिने भएको छ । तर मतदाता नामावलीमा नाम नरहेका तर लोटरीमा सहभागी हुन चाहनेहरुले आगामी साताहरुमा वेवसाइटमार्फत साइनअप गर्नसक्ने भएका छन् ।

लोटरीको कुल ५ मिलियन डलर र लोटरी संचालनका लागि लाग्ने रकम संघीय कोभिड १९ कोषबाट खर्च गरिने भएको छ । १८ बर्षभन्दा कम उमेरका भ्याक्सिन लगाउनेहरुका लागि भने अलग्गै छात्रबृत्तिको घोषणा गरिएको छ । यो छात्रबृत्तिपनि मे २६ पछि हरेक साता एकजनाको दरले लोटरीमार्फत पाँचसातासम्म प्रदान गरिनेछ ।
१८ बर्षभन्दा कम उमेरका छात्रबृत्ति विजेताहरुले स्टेट अफ ओयाहो युनिभर्सिटीहरुमा ४ बर्षका लागि पूर्ण छात्रबृत्ति प्राप्त गर्नेछन् । जसमा ट्युसन, कोठा, यातायात र किताबहरु समेत समावेश गरिनेछ ।





