बाइडेन प्रशासनबाट आइसमाथि नियन्त्रण, देशनिकालाका उडानहरु रद्द


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा अलेहान्द्रो मेयरकास सेक्रेटरीमा नियुक्त भएलगत्तै आइसले तय गरेका देशनिकालाका उडानहरु रद्द गरिएका छन् । मेयरकासको नियुक्ती गत मंगलबार सिनेटबाट स्वीकृत भएको थियो ।

तर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले भने बाइडेन प्रशासन आइसकेपछि पनि लगातार देशनिकालाका उडान तालिकाहरु त्य गरिरहेको थियो । बाइडेन प्रशासन आइसकेपछि पनि सयौंलाई अमेरिकाबाट देशनिकाला गरिसकिएको छ ।

बाइडेन प्रशासनले कम्तीमा एकसय दिन देशनिकाला स्थगित गरेकोमा अदालतले उक्त स्थगन कार्यान्वयनमा रोक लगाएको थियो । तर आइसले भने देशनिकालाका उडानहरु अघिल्लो साता र यो साता पनि जारी राखेको थियो । तर अहिले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हैटीका लागि तय भएका देशनिकालाका उडानहरु रद्द गरिदिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा

नवनियुक्त होमल्याण्ड सेक्रेटरी मेयरकासलाई कैयन सामुदायिक कार्यकर्ता र सांसदहरुले समेत देशनिकालाका उडानहरु रद्द गर्न माग गर्दै लगातार फोन गरेपछि तय भएका उडानहरु रद्द गरिएको जनाइएको छ । यो स्थगन कतिसमय लागु हुने भन्ने केही बताइएको छैन भने आइसपनि यसबारे केही बोलेको छैन ।

बिहिबार दुईवटा देशनिकालाका उडानहरु तय भएका थिए । उनीहरुलाई जनस्वास्थ्य सम्बन्धित नियम अनुशार देशनिकाला गर्न लागिएको थियो । यो प्रावधान ट्रम्प प्रशासनभन्दा अगाडि खासै प्रयोग भएको थिएन ।

अमेरिकी अध्यागमनको त्रुटी: फ्रेन्च भूभागमा जन्मिएका व्यक्तिलाई हैटी देशनिकाला

बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com