अमेरिकी अध्यागमनको त्रुटी: फ्रेन्च भूभागमा जन्मिएका व्यक्तिलाई हैटी देशनिकाला


प्रकाशित मिति : माघ २१, २०७७ बुधबार

न्युयोर्कका वित्तिय परामर्शदाता पउल पियरलसलाई मंगलबार अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीसँग सम्बन्धित नरहेको देश हैटीमा देशनिकाला गरेको छ । पउल हैटीका नागरिक नभएको र उक्त देशमा कहिलेपनि नगएको जनाइएको छ ।

ट्रम्प प्रशासनले पउललाई जनवरीमा अमेरिकाबाट देशनिकाला गर्न खोजेको थियो । तर न्युयोर्कका एकजना सांसद र आप्रवासी अधिकारकर्मीहरुको सहयोगमा उनलाई देशनिकाला हुनबाट बचाइएको थियो । तर अहिले कसैलाई थाहा नदिई उनलाई हैटी पठाइएको न्युयोर्कका सांसद मोन्डायर जोन्सले जनाएका छन् ।

आफूले विहान ३ बजे यसबारे जानकारी पाएको तर रोक्नलाई केही गर्न नसकेको उनले बताएका छन् । हैटीमा देशनिकाला गरिएका पउल फ्रान्सको क्यारेबियन भूभाग सेन्ट मार्टिनमा जन्मिएको तर उनी बाल्यकालमा नै अमेरिका आएकाले फ्रान्सले पनि आफ्नो नागरिकका रुपमा नमानेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पउल सन् २००३ मा लागुऔषधको कारोबारमा दोषी ठहरिएका थिए । उनले आफ्नो अपराधको सजाय काटेपछि अध्यगमन न्यायाधिसले उनलाई देशनिकालाको आदेश दिएका थिए । हैटीका राजदूतले यसअगाडि गरेको ट्वीटमा पउल हैटीका नागरिक नभएको र उनलाई देशनिकाला गरेर हैटी पठाउन नसकिने बताएका थिए ।

पउल मंगलबार हैटीको राजधानीमा अवतरण गरिसकेका छन् । तर हैटी प्रवेशका लागि उनीसँग कुनै ट्राभल डकुमेन्ट छ्रैन । उनका वकिल निकोल फिलिप्सले राज्यविहिन व्यक्तिलाई देशनिकाला गरेर हैटी पठाएर अमेरिकाले गम्भिर गल्ती गरेको बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com