बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला


प्रकाशित मिति : माघ १९, २०७७ सोमबार

बाइडेन प्रशासनको २ साता नपुग्दै अमेरिकाबाट सयौं देशनिकालामा परेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको सुरुका दिनमा देशनिकाला रोक्ने प्रतिबद्धताका बाबजुत उनीहरुलाई देशनिकाला गरिएको हो ।

बाइडेन प्रशासनले एकसय दिनका लागि देशनिकाला स्थगित गर्ने घोषणा गरेको थियो । तर संघीय न्यायाधिसले गत साता एक आदेश जारी गर्दै देशनिकाला स्थगित गर्ने बाइडेन प्रशासनको घोषणालाई केहीदिनका लागि कार्यान्वयनमा रोक लगाए  । तर अदालतले सरकारलाई देशनिकालाको तालिका तय गर्न  बाध्य पारेको थिएन ।

बाइडेनले कार्यभार सम्हालिसकेपछि आइसले अमेरिकाबाट कम्तीमा तीनदेशका नागरिकहरुलाई देशनिकाला गरेको छ । बिहिबार १५ जनालाई जमैका र शुक्रबार २६९ जनालाई ग्वाटेमाला र होण्डुरस देशनिकाला गरिएको छ ।

आज सोमबारका लागि पनि अरु देशनिकालाका उडानहरु तय गरिएको थियो । तर आज कतिजनालाई देशनिकाला गरियो भन्नेबारे स्पष्ट छैन । देशनिकाला गरिएकाहरुमध्ये कतिजनालाई राष्ट्रिय सुरक्षा र जन सुरक्षामा खतरा रहेको ठहर गरिएको थियो भन्ने स्पष्ट छैन । त्यस्तै हालै सिमाना पार गरेकाहरु कतिजना थिए भन्ने पनि स्पष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशनिकालाको प्राथमिकतामा राष्ट्रिय सुरक्षा र जन सुरक्षामा खतरा रहेकाहरु तथा हालैमात्र सिमाक्षेत्रबा गैरकानूनी रुपमा छिरेकाहरुलाईमात्र राखिएको छ ।

शुक्रबार देशनिकाला गरिएकी एउटा महिला सन् २०१९ मा २२ जनाको ज्यान जानेगरी भएको गोलीकाण्डकी प्रत्यक्षदर्शी समेत थिइन् । उनले बन्दुकधारीबिरुद्ध प्रत्यक्षदर्शीका रुपमा बयान दिने सहमति जनाएकी थिइन् ।

उनलाई विगतमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा बुधबार नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनलाई वकिललाई समेत सम्पर्क गर्न नदिई देशनिकाला गरिएको जनाइएको छ । ती महिलालाई बुधबार एल पासोको जेलमा राखिएको रेकर्डले देखाएको छ ।

ती महिलाले सन् २०१८ मा मादकपदार्थ सेवन गरेको गाडी चलाएको अभियोग स्वीकारेकी थिइन् । उनलाई जनसुरक्षामा खतरा नरहेको भन्दै त्यहीबेला रिहा गरिएको थियो ।

होण्डुरसका अधिकारीहरुले शुक्रबार अवतरण गरेको देशनिकालाको उडानमा १३१ जना रहेको पुष्टी गरेका छन् । त्यस्तै ग्वाटेमालामा अवतरण गरेको अर्को उडानमा १३८ जना रहेको र सोमबार ३० जनालाई ग्वाटेमाला देशनिकाला गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com