जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको एउटै डोजले ज्यान जोगिने


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको एउटै डोजले व्यक्तिलाई अस्पताल भर्ना हुन र ज्यान गुमाउनबाट जोगाउने पुष्टी भएको छ । कम्पनीले शुक्रबार दिएको जानकारी अनुशार यो भ्याक्सिनको एउटा डोजमात्र लगाएपनि व्यक्ति कोरोना संक्रमणका कारण सिकिस्त हुनबाट बच्नेछन् ।

बेल्जियममा रहेको जान्सेन फार्मास्युटिकल्ससँग मिलेर भ्याक्सिन निर्माण गरेको जोन्सन एण्ड जोन्सनले आगामी साता अमेरिकाको खाद्य तथा औषधी विभागमा प्रयोगको अनुमतिका लागि आवेदन दिने भएको छ । स्वीकृत भएमा यो अमेरिकामा प्रयोगका लागि स्वीकृति पाउने कोरोनाबिरुद्धको तेश्रो भ्याक्सिन हुुनेछ ।

अहिले अमेरिकामा फाइजर र मोडेर्नाका भ्याक्सिन वितरण भइरहेको छ । अहिलेसम्म अमेरिकामा झण्डै ५० मिलियन भ्याक्सिनका डोज डेलिभर भइसकेको छ भने २१ मिलियन भन्दा बढीले भ्याक्सिन लगाइसकेका छन् । दुईवटै डोज लगाउनेको संख्या पनि ४ मिलियन नाघिसकेको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

जोन्सन एण्ड जोन्सनको अमेरिकामा भएको तेश्रो चरणको क्लीनिकल परीक्षणमा यो भ्याक्सिन कोरोना संक्रमणबाट सामान्यदेखि सिकिस्त बिरामी हुनबाट रोक्नमा ७२ प्रतिशत प्रभावकारी देखिएको छ । सिकिस्त बिरामी हुनबाट जोगाउन भने भ्याक्सिन ८५ प्रतिशत प्रभावकारी देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिनको क्लीनिकल परीक्षणमा अमेरिका, दक्षिण अफ्रिका र अन्य ल्याटिन अमेरिकी देशका ४४ हजार भन्दा धेरै सहभागी भएका थिए । अमेरिकामा ७२ प्रतिशत प्रभावकारी देखिएको भ्याक्सिन विश्वब्यापी रुपमा हेर्दा ६६ प्रतिशत र दक्षिण अफ्रिकामा ५७ प्रतिशत प्रभावकारी देखिएको छ ।

अहिलेसम्म जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एउटामात्र डोज लगाएको कोहीपनि व्यक्ति कोरोनाका काराण सिकिस्त भएर अस्पतालमा भर्ना हुनु परेको छैन । यो भ्याक्सिनको कुनै मुख्य साइड इफेक्ट पनि देखिएको छैन । कुनै एलर्जिक प्रतिकृया पनि देखिएको छ ।

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध भने यो भ्याक्सिनको प्रभावकारिता केही कम देखिएको छ । तर त्यहाँ पनि यो भ्याक्सिन लगायतका कोही व्यक्ति कोरोनाका कारण अस्पताल भर्ना भएका छैनन् भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

फाइजर र मोडेर्नाका भ्याक्सिनहरु दुईदुई डोज दिनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोज दिए पुग्छ । सामान्य तापक्रममा राखे पुग्ने यो भ्याक्सिन भण्डारणमा समेत सहज छ । तर फाइजर र मोडेर्नाका तुलनामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन कम प्रभावकारी देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com