वासिंटन डिसी प्रस्थान गर्नु अगाडि बाइडेनको भावुक सम्बोधन, थाम्न सकेनन् आँशु (भिडियो)


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज वासिंटन डिसी प्रस्थान गर्नु अगाडि डेलावरमा विशेष सम्बोधन गरेका छन् । सपथग्रहण समारोहको पूर्व सन्ध्यामा गरिएको यो विशेष सम्बोधनमा बाइडेन निकै भावुक भएका थिए ।

बाइडेनले आफ्नो राजनीतिक यात्राका लागि सबैलाई धन्यवाद समेत दिएका छन् । उनले भने -‘म डेलावरको छोरो हुन पाएकोमा गौरव गर्दछु । यो राज्यले मेरा बुबाआमालाई सबैभन्दा धेरै आवश्यक भएको बेलामा आश्रय दियो । हामी जुन स्थानमा पुग्यौं, त्यो यो राज्यले बनायो ।’

भिडियो हेर्नुहोस्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले आफ्ना दिवंगत छोरालाई सम्झेर भावुक भएका थिए । उनले आफ्नो आँशु थाम्न सकेनन् ।

बाइडेन आज दिउसो ३ बजे ज्वाइन्ट बेस एन्ड्रयुजमा आइपुग्ने अपेक्षा गरिएको छ । त्यसपछि उनी कोरोनाबाट अमेरिकामा ज्यान गुमाएका ४ लाखको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com