२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

बिहिबार २ हजार डलरको राहत चेक समेटिएको संसोधित प्याकेज प्रतिनिधिसभामा लगिने

बिहिबार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा २ हजार डलरको राहत चेक समेटिएको संसोधित राहत प्याकेज पारित गराउन प्रयास गरिने भएको छ । २ हजार डलरको चेक समेटिएको संसोधित राहत प्याकेजमा डेमोक्र्याट्सहरुको निर्विरोध समर्थन हुने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले यसैसाता २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी थिइन् ।

राष्ट्रपतिको भनाईको जवाफ दिदै पेलोसीले भनेकी छिन् – ‘राहत चेकमा राष्ट्रपतिले कति पठाउन चाहेका हुन् भन्नेबारे बताउन रिपब्लिकनहरुले बारम्बार अस्वीकार गरे । अन्तत: राष्ट्रपति २ हजार डलरमा सहमत भएका छन् । डेमोक्र्याट्सहरु यसैसाता एकमतले यो प्याकेज संसदमा ल्याउन तयार छन् । यो गरिहालौं ।’

डेमोक्रेटिक सिनेटर चक शुमरले पनि २ हजार डलरको राहत चेकसहित प्याकेज संसोधन गर्न तयार रहेको बताएका छन् । तर सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले अहिलेसम्म कुनै प्रतिकृया जनाएका छैनन् ।

हाउसमा डेमोक्रेटिक सांसद अलेक्जान्द्रिया ओकासियो कोर्टेजले आफूले पहिले नै २ हजार डलरको राहत चेक पठाउने संसोधन सहलेखन गरिसकेको र अब यसलाई पारित गर्न आव्हान गरेका छन् । सिनेट सहमत भएमा २ हजार डलरको राहत चेक समेटिएको बिल यसैसाता पारित गर्नसक्ने उनले बताएकी छिन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

राष्ट्रपति  ट्रम्पले संसदबाट पारित राहत प्याकेजमा हस्ताक्षर नगरी खर्च विधयेकमा परिमार्जन नभएसम्म हस्ताक्षर नगर्ने संकेत गरेका छन् । उनले ट्वीटरमार्फत संसदलाई उपयुक्त बिल ल्याउन भनेका छन् । नत्र अर्को प्रशासनले राहत प्याकेज जारी गर्ने र त्ययो अर्को प्रशासन आफू समेत हुनसक्ने उनले बताएका छन् ।

उनले खर्च विधयेकका कतिपय कुराहरुमा आफू असन्तुष्ट भएको बताएका छन् । ट्रम्पले राहत चेक ६ सय डलर अत्यन्तै कम भएको र त्यसलाई बढाएर २ हजार बनाएर ल्याउन भनेका छन् । व्यक्तिका लागि २ हजार वा दम्पत्तिका लागि ४ हजारको राहत चेकको व्यवस्था गर्न संसदलाई भनेको र विधयेकबाट अनावश्यक कुराहरु हटाएर उपयुक्त विधयेक ल्याउन भनेका छन् ।

६ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ८९२ बिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको दुबै सदनबाट सोमबार मध्यरात अगाडि नै पारित भएको थियो । संसदले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको हो ।

राहत प्याकेज र खर्च विधयेक सोमबार साँझ प्रतिनिधिसभाबाट र मध्यरात हुनु ठीक अगाडि सिनेटबाट पारित भएको थियो । सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका थिए ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ ।

कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले  आगामी सातादेखि नै राहत चेक पठाउन सकिने बताएका छन् । हाउस र सिनेटमा आजै बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर र दोश्रो चरणको राहत चेक समेटिएको राहत प्याकेज पारित हुने अपेक्षा गरिएको छ ।

अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →