२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अस्पताल भर्ना हुनेको संख्या बढेपछि सोमबारदेखि न्युयोर्कमा ‘इन्डोर डाइनिङ’ बन्द

ज्याक्सनहाइटमा आउटडोर खानाखाने स्थल बनाएर संचालित रेष्टुरेण्ट । फोटो : खसोखास

सोमबारदेखि लागु हुनेगरी न्युयोर्क सिटीमा इन्डोर डाइनिङ बन्द गरिने भएको छ । कम्तीमा २ साताका लागि न्युयोर्क सिटीका रेष्टुरेण्टभित्र खानाखानमा रोक लगाईएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रगु कुमोले आगामी सोमबारदेखि न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्धको घोषणा गरेका हुन् । न्युयोर्क सिटीमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्यामा स्थीरता नआए पछि सोमबारदेखि रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्धको घोषणा गरिएको हो ।

अहिलेसम्म रेष्टुरेण्टभित्र २५ प्रतिशत क्षमतामा खानखान पाइने नियम भएतापनि संक्रमणबाट बिरामी भई अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले पूर्णरुपमा बन्द गर्ने योजना बनाइएको हो । न्युयोर्कमा चिसो बढिसकेकाले आउटडोर डाइनिङ सहज नभएको अवस्थामा उक्त नियम लागु भएमा रेष्टुरेण्टहरुले टेकआउट र डेलीभरीमात्र गर्न सक्नेछन् ।

त्यस्तै न्युयोर्क सिटीबाहिर पनि इन्डोर डाइनिङ ५० प्रतिशत क्षमताबाट २५ प्रतिशतमा झारिने भएको छ ।

सीडीसीले जिम र शैलुनका सन्दर्भमा उस्तै निर्देशिका नबनाएकाले जिम र शैलुन भने बन्द नहुने जनाइएको छ । संघीय सरकारले बार, रेष्टुरेण्ट लगायतका विजनेशलाई सहयोगका लागि राहत प्याकेजहरु ल्याउनुपर्ने कुमोको भनाई छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →