२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

डिसेम्बर ३१ अगाडि दोश्रो चरणको १२ सय डलरको राहत चेक आउला ?

अमेरिकामा कोरोना संक्रमितको संख्या १३ मिलियन नाघिसकेपनि संसदले अमेरिकनहरुका लागि जुलाई ३१ पनि कुने राहत प्याकेज पारित गर्न सकेको छैन । जसका कारण दोश्रो चरणको राहत चेक पाउने आशामा रहेका र बेरोजगारी विमा रकमको अतिरिक्त रकम पाउने आशामा रहेकाहरु निराश छन् ।

के डिसेम्बर ३१ अगाडि दोश्रो चरणको १२ सय डलरको राहत चेक आउन सम्भव होला ? यो प्रश्न यतिबेला धेरैका मनमा उब्जिएको छ । संसद अर्कोसातासम्मका लागि स्थगित भएको छ भने बाइडेनको टिम जनवरीमा सत्ता सम्हाल्ने तयारीमा नै व्यस्त रहेको छ । कैयन अमेरिकनहरु गरिबीमै क्रिसमस मनाउने तयारीमा लागेका छन् ।

नोभेम्बर ३० मा वासिंटन डिसी फर्केपछि सांसदहरुले चाहेको खण्डमा राहत प्याकेज पारित हुनसक्छ । तर गत मार्चमा पारित भएको जस्तो राहत प्याकेज पारित हुने सम्भाजना तत्काल नभएको कैयन अर्थशास्त्रीहरुको भनाई छ । मार्चमा पारित २ दशमलव २ ट्रिलियनको राहत प्याकेज अन्तरगत अधिकांश अमेरिकनहरुले १२ सय डलरको चेक प्राप्त गरेका थिए ।

तर नयाँ राहत प्याकेजका सन्दर्भमा डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच अझै पनि कुनै सहमति कायम भएको छैन । विभिन्न राज्यहरुलाई राहत रकम दिनेदेखि बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने रकमका सन्दर्भमा समेत दुईदलबीच मतभेद कायम रहेको छ ।

संसदले डिसेम्बरमा राहत प्याकेज पारित गरेमा पनि राहत चेक पठाउन भने आईआरएसलाई केहीसमय लाग्नसक्नेछ । आईआरएसलाई त्यसका लागि केही हप्ता लाग्ने जनाइएको छ । राहत प्याकेज पारित भएमा पनि कैयन चेक हुलाकमार्फत पठाउनुपर्ने भएकाले राहत चेक प्राप्त गर्न एकदेखि ३ महिनासम्म लाग्नसक्छ ।

यसैबीच कैयनले प्राप्त गरिरहेको बेरोजगारी विमा रकमको अवधि समाप्त हुन लागेको छ भने भाडा तिर्न नसकेका कारण घरनिकाला हुनबाट जोगाउने आदेशको अवधि पनि डिसेम्बरको अन्त्यमा सकिदैछ । तत्काल कुने राहत पारित नभए नयाँ बर्ष सुरु हुनासाथ अमेरिकामा कैयन होमलेस हुने सम्भावना रहेको छ ।

भाडा नतिरेका कारण घर निकाला हुनबाट जोगाउने अवधि समाप्त भएपछि अमेरिकामा डिसेम्बरको अन्त्यपछि ६७ लाख व्यक्ति घरनिकालाको जोखिममा हुनेछन् । क्रिसमस लगत्तै १ करोड २० लाख भन्दा बढीको बेरोजगारी विमा रकम पाउने अवधि समाप्त भई रकम प्राप्त हुन बन्द हुनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यसैबीच दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन आग्रह गर्दै १२५ भन्दा बढी अर्थशास्त्रीहरुले अमेरिकी संसदलाई खुलापत्र लेखेका छन् । कोरोनाको महामारीमा दोश्रो चरणको राहत प्याकेज पारित नभएको अवस्थामा अर्थशास्त्रीहरुले यस्तो आव्हान गरेका हुन् ।

अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि अमेरिकनहरुको खातामा दोश्रो चरणको राहत चेक पठाउनु सबैभन्दा छिटो र उपयुक्त उपाय हुने उनीहरुले बताएका छन् । यसरी सरकारले राहत चेक पठाएमा अमेरिकी परिवारको आर्थिक अवस्थामा सहीमार्गमा आउने र अमेरिकी अर्थतन्त्रमा सकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाका लागि काम गरेका बरिष्ठ अर्थशास्त्री ज्यासन फर्मयान, फेडरल रिजर्भ बोर्डका पूर्व उपाध्यक्ष एलन ब्लाइन्डर लगायतले उक्त खुलापत्र लेखेका हुन् । अर्थशास्त्रीहरुले अमेरिकामा गरिबी बढ्नबाट रोक्ने सबैभन्दा महत्वपूर्ण साधन राहत चेक भएको बताएका छन् ।

बेरोजगारी विमामा अतिरिक्त रकम पनि जुलाई अन्तिम देखि समाप्त भइसकेको छ । जुलाईको अन्तिमसम्म बेरोजगारी विमामा साप्तहिक ६ सयका दरले अतिरिक्त रकम प्रदान गरिएको थियो । तर नयाँ राहत प्याकेजमा सहमति कायम हुन नसक्दा त्यसयता अमेरिकनहरु गरिबीतिर धकेलिएका छन् ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →