एउटै व्यक्तिमा दोस्रो पटक देखिन थाल्यो कोरोना भाइरस


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस संक्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन् । ती २५ वर्षीय संक्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । अहिले उनी निको भइसकेका छन् । कोरोनाभाइरस सङ्क्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ ।

तर ‘लान्सिट इन्फेक्शस डिजीजेज’ नामक जर्नलमा प्रकाशित शोधले उक्त भाइरसको संक्रमण भइसकेपछि कति प्रतिरोध क्षमता बन्छ भन्ने विषयबारे प्रश्न उठाएको छ ।

अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकलाई पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको र कोभिडको जोखिम हुन प्रतिरोध क्षमतासम्बन्धी अन्य अवस्था पनि नभएको बताइन्छ ।

उनलाई कहिले के भयो?
मार्च २५ – घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, वाकवाकी र पखालासहित प्रारम्भिक लक्षण देखियो
एप्रिल १८ – परीक्षण गर्दा पहिलो पटक सङ्क्रमण पुष्टि
एप्रिल २७ – सबै लक्षण हराए
मे ९ र २६ – परीक्षणमा दुई पटक नै कोरोनाभाइरस देखिएन
मे २८ – फेरि लक्षण देखियो, यसपालि ज्वरो, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्यो
जुन ५ – परीक्षण गर्दा फेरि कोरोनाभाइरस देखियो, अक्सिजनको मात्रा घट्यो र सास बढ्यो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैज्ञानिकहरूका अनुसार ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पछि फेरि देखा परेको नभई दुई पटक नै कोरोनाभाइरस संक्रमण भएको हो। उनीबाट संकलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखियो । ‘हामीले पत्ता लगाएको कुराबाट पुरानो संक्रमणले भविष्यमा हुने सङ्क्रमणबाट जोगाउन नसक्ने सङ्केत पाइन्छ’ यूनिभर्सिटी अफ नभाडाका डा. मार्क प्यान्डरीले भने ।

उनका अनुसार एकचोटि कोभिड १९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्छ ।
वैज्ञानिकहरू अझै कोरोनाभाइरस र प्रतिरोध क्षमतासम्बन्धी जटिल विषय बुझ्ने प्रयासमा छन् । कोरोनाभाइरसले हामीलाई दीर्घकालसम्म कसरी प्रभावित गर्छ र खोप तथा हर्ड इम्यूनिटी (सामूहिक प्रतिरोध क्षमता) जस्ता विषय बुझ्न यी प्रश्नहरू महत्त्वपूर्ण छन् ।

अहिलेसम्म सङ्क्रमण धेरै दोहोरिएको छ। अहिलेसम्म पुष्टि भएका ३.७ करोड सङ्क्रमितमध्ये एकदमै थोरै व्यक्तिमा मात्र पुनः संक्रमण भएको पुष्टि भएको छ ।

हङ्कङ, बेल्जम र नेदरल्यान्ड्समा फेला परेका बिरामीमा दोस्रो पटक संक्रमण डरलाग्दो नभएको देखिन्छ । इक्वेडोरमा चाहिँ अमेरिकामा जस्तै दोस्रो पटक संक्रमण हुँदा बिरामीलाई गम्भीर समस्या देखिएको थियो तर उनलाई अस्पताल लानुपरेको थिएन । तर यो महामारी सुरु भएको धेरै भएको छैन । अनि संक्रमणपछि विकसित हुने सुरक्षा अन्य प्रकारका कोरोनाभाइरसका कारण दुर्बल हुने सम्भावना हुन्छ ।

अनि संक्रमण हुँदा शरीरले पहिला गरेको प्रतिक्रियाका कारण दोस्रो सङ्क्रमण झन् नराम्रो भएको हुन सक्छ । डेङ्गीजस्ता रोगमा शरीरले बनाउने एन्टिबडी सोही जातको तर अर्को प्रकारको भाइरसको संक्रमण हुँदा समस्याकारी बनेको प्रमाण उपलब्ध छ । यूनिभर्सिटी अफ ईस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरका अनुसार दुई पटक संक्रमण हुँदाको छोटो समयान्तर र दोस्रो पटक उत्पन्न समस्याका कारण यो अध्ययनले निकै चिन्ताजनक विषय देखाएको छ । -बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com