कोरोना: श्रीलंकामा कर्फ्यु ,भेला हुन प्रतिबन्ध


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

श्रीलंकामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ ।कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन् । श्रीलंकामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् ।

श्रीलंकामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना सङ्क्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल सङ्क्रमित मध्ये तीन हजार २६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । यस मुलुकमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । सङ्क्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् ।

क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो ।

सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com