ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई पनि कोरोना संक्रमण, ट्रम्पसहित १२ संक्रमित


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

Covid 19 corona

ह्वाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकेननीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सोमबार विहान आफूलाई संक्रमण पुष्टी भएको ट्वीटरमार्फत जानकारी दिएकी छिन् । उनले आफूलाई कुनै लक्षण भने नदेखिएको बताएकी छिन् ।

ह्वाइटहाउसमा यतिवेला कोरोनाको ताण्डव चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उनका निकटस्थ कम्तीमा १२ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमणपछि शुक्रबारदेखि अस्पतालमा नै भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टी हुनेहरु

ट्रम्पलाई अक्सिजन

ट्रम्पलाई कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गरिएलगत्तै शनिबार अक्सिजन समेत दिनुपरेको जनाइएको छ । ह्वाइट हाउसका चिकित्सक सिन कोन्लेले ट्रम्पलाई शनिबार अक्सिजन दिनुपरेको जानकारी दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि ट्रम्पलाई अक्सिजन दिनुपरेको कुरा अस्वीकार गरिदै आएको थियो । ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्पको अवस्था चिन्ता गर्न लायक भएको बताएका थिए । शुक्रबारयता ट्रम्पलाई एन्टीभाइरल रेम्डेसिभियरको दोश्रो डोज पनि दिइएको छ ।

शुक्रबार अस्पतालमा भर्ना भइसकेपछि ट्रम्पको रगतमा अक्सिजनको स्तर घटेको जनाइएको छ । साथै ट्रम्पलाई ज्वरो समेत आएको थियो । अक्सिजनको स्तर ९३ प्रतिशतसम्म घटेको जनाइएको छ । सामान्यतया ९५ प्रतिशतभन्दा कम भएमा अक्सिजनको स्तर असमान्य मानिन्छ ।

ट्रम्पको फोक्सोको अवस्थाबारे सोधिएको प्रश्नबारे भने ह्वाइटहाउसका चिकित्सक कोन्लेले जवाफ दिएनन् । ट्रम्पलाई सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएपनि अझै केही समय लाग्ने सम्भावना देखिएको छ । यद्यपी ट्रम्पको अवस्थामा सुधार आइरहेको जनाइएको छ ।

कोरोना संक्रमणपछि वाल्टर रिड मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार बेलुका अस्पताल बाहिर जम्मा भएका समर्थकहरुमाझ पुगेका थिए । उनी चढेको गाडी समर्थकहरुमाझबाट अगाडि बढेको थियो भने ट्रम्पले गाडीभित्रैबाट समर्थकहरुलाई हात हल्लाएका थिए ।

समर्थकमाझ यसरी आउँदा संचारमाध्यमहरुलाई पनि कुनै जानकारीदिइएको थिएन । अस्पतालबाहिर केही दर्जन समर्थकहरु उपस्थीत रहेका थिए । गाडी अत्यन्तै सुस्त गतिमा गुडाइएको थियो भने ट्रम्पलाई देखेपछि समर्थकहरु निकै उत्साहित र उत्तेजित समेत भएका थिए ।

यसअगाडि ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै उनले समर्थकमाझ आकस्मीक रुपमा उपस्थीत हुने बताएका थिए । ट्रम्पले गाडीभित्र मास्क लगाएका थिए भने उनका चालकले पनि मास्क लगाएका थिए ।

यसरी बाहिर निस्केर उनले आफ्ना समर्थकहरु, अमेरिका र विश्वलाई आफू संक्रमित भएपनि ठीकठाक नै रहेको तथा अवस्था गम्भिर नरहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको हो ।

ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com