चन्द्रमामा ५ दशकपछि मानव पठाउँदै नासा, पहिलोपटक महिलालाई पठाउने तयारी


प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार

अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा पुनः मानिस पठाउने योजना बनाएको छ । यो योजनामा २८ अर्ब अमेरिकी डलर खर्च हुने जनाइएको छ । चन्द्र सतहमा पछिल्लोपटक सन् १९७२ मा मानव पाइला टेकिएको थियो।

उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई पठाइने भएको छ । आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रम अन्तरगत नासाले पाँच दशकपछि चन्द्रमामा एक पुरुष र एक महिलालाई पठाउनेछ ।

अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन्। त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ।

अट्ठाइस अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्ने र त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ।
त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिने जनाइएको छ ।

राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी महिलालाई चन्द्रमामा पठाइने । ती महिला अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाइएको छ ।

चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ। अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्त्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ।

नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ। आर्टिमस १ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्कनेछ। एक महिना त्यसरी बिताउँदा उक्त यानले सबै महत्त्वपूर्ण प्रणालीहरूको परीक्षण गर्नेछ।

आर्टिमस २ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ। यस मिशनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरीअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्षयानलाई आफैँ नियन्त्रणमा लिन सक्नेछन्।

पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ मा हुने भएको छ । आर्टिमस ३ भने झन्डै ४८ वर्षअघि अपोलो १७ पुगेपछि चन्द्रमामा मानिस अवतरण गराउने पहिलो मिशन हुनेछ।

नासाले विभिन्न कम्पनीलाई चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिएको छ। यो दशकको अन्त्यतिर नासाले चन्द्रमामा मानव आधार केन्द्र बनाउने योजना बनाएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com