पाँचबुँदे सहमतिपछि दुई ठूला देशबीचको तनाव टऱ्याे


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

विश्वका दुई ठूला देशमध्येका देश भारत र चीन केही महिनायता तनावग्रस्त हुन पुगेको आफ्नो सम्बन्धमा सुधार ल्याउन सहमत भएका छन् ।

पछिल्लो सहमतिले विश्वका दुई ठूला जनसंख्या भएका हाम्रो छिमेकी देश भारत र चीनबीचमा युद्ध हुने हो कि भन्ने आशंका टरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको मस्कोमा भएको साढे दुई घन्टाभन्दा बढी लामो बैठकले सहमतिको पाँच बुँदा पहिल्याएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारत र चीनको सीमा क्षेत्रको लद्दाख क्षेत्रमा पछिल्लो दिन हिंसात्मक झडप चर्केको थियो । यस क्षेत्रसहित आफ्नो सीमा पर्ने क्षेत्रहरूमा दुवै देशले सैनिक गतिविधि बढाएको समाचारहरू आइरहेका थिए ।यसैवैला दुवै देशले सहमति पहिल्याएपछि एसिया क्षेत्रमा गर्माएको अशान्तिको माहोल तत्कालका लागि रोकिन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहमतिपछि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सीमा विवादलाई लिएर जारी तनावलाई थप बढाउन नचाहेको बताए । तर, उनले भारतको चीनप्रतिको नीतिमा पनि कुनै परिवर्तन भने नआएको स्पष्ट पारेको बिबिसीले जनाएको छ ।

त्यसैगरी चीनको विदेश मन्त्रालयले छिमेकी देशका नाताले शान्ति कायम गर्नु अनिवार्य रहेको र चीन र भारतका बीच केही मुद्दामा असहमति कायम नै रहेको भए पनि ती असहमतिहरूलाई उपयुक्त समयमा समीक्षा हुँदै जाने जनाएको छ ।

दुवै देशबीच भएको सहमतिअनुसार दुवै देशबीच रहेको असहमतिहरूलाई लिएर सीमामा तनाव हुन नदिने उल्लेख छ ।

त्यसैगरी दुवै देशका सेनाहरूको छलफललाई निरन्तर जारी राख्ने,  दुवै देशका सेनाहरूलाई उचित दूरी बनाइराखी तनाव कम गर्ने, सीमा क्षेत्रमा शान्ति बनाइराख्न यसअघि भएका प्रोटोकललको पालना गर्ने तथा कुनै पनि सैन्य कारबाही नगर्ने, यदि असमझदारी बढ्न पुगेमा सीमा क्षेत्रमा शान्ति बनाइराख्न एक–आपसमा भरोसा बढाउने रहेका छन् ।

यसअघि गत २० जुनमा दुवै देशका सैनिकबीच लद्दाख क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ के–कति क्षति भएकोबारे अहिलेसम्म चीनले कुनै जानकारी दिएको छैन ।

त्यसपछि पनि दुवै देशका सैनिकबीच उत्तेजनात्मक गतिविधि भएको र सीमा क्षेत्र पार गर्न खोजेको आरोप दुवै देशले लगाउँदै आएका थिए ।

४५ वर्षअघि भारत र चीनबीच भएको सीमा क्षेत्रमा कुनै पनि तनाव उत्पन्न भएमा गोली नचलाउने सहमति उल्लंघन गरी फाइरिङ भएको घटना केही दिनअघि भएको थियो । यस घटनामा पनि दुवै देशले एक–अर्कालाई आरोप लगाउँदै आएका थिए ।

भारत र चीन विश्वमा धेरै जनसंख्या भएका देश मात्र नभई विश्वमा धेरै चलायमान सेना भएका राष्ट्रका रूपमा पनि रहेका छन् ।

त्यसैले यी दुवै देशबीच उत्पन्न हुने अस्वाभाविक अवस्थाले समग्र एसिया क्षेत्र र विश्वलाई समेत प्रभावित पार्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com