१२ सयको चेक नसमेटिएको रिपब्लिकन बिलमा काम गुमाएकालाई ३ सय, पारित होला ?


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

अमेरिकी सिनेटका रिपब्लिकनहरुले दोश्रो चरणको १२ सय डलरको राहत चेक नसमेटिएको राहत प्याकेज बिल सार्वजनिक गरेका छन् । तर यो प्याकेजमा गत जुलाईमा समाप्त भएको काम गुमाएकाहरुलाई दिइएको अतिरिक्त रकमको प्रावधानलाई भने कायम गरिएको छ ।

जुलाईको अन्त्यसम्म काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ६ सय डलर पाएकोमा रिपब्लिकन बिलमा भने त्यसलाई घटाएर ३ सय डलरमात्र कायम गरिएको छ । पेचेक प्रोटेक्सन प्रोग्रामका लागि भने २५८ बिलियन डलर छुट्याइएको बिलको सारांशमा जनाइएको छ ।

यसैबीच सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त बिलमा यसैसाता मतदान गरिने बताएका छन् । तर सिनेटबाट पारित हुने सम्भावना भने कम रहेको छ । किनभने उक्त बिल सिनेटबाट पारित हुनका लागि समेत डेमोक्रेटिक सांसदको साथ आवश्यक रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त बिल पारित गर्नका लागि ६० भोटको आवश्यकता पर्छ । तर रिपब्लिकनसँग सिनेटमा उक्त संख्या छैन । डेमोक्र्याट्सहरु उक्त रिपब्लिकन बिलको पक्षमा छैनन् । दुईदलबीच अहिलेसम्म कुनै पनि बिलमा सहमति कायम हुन सकेको छैन ।

बिलले काम गुमाएकाहरुलाई डिसेम्बर २७ सम्मका लागि अतिरिक्त साप्ताहिक ३ सयको व्यवस्था गरेको छ भने डेढ लाख डलरभन्दा कम पीपीपी ऋण लिएका विजनेशहरुलाई मिनाहाका लागि सहज बनाएको छ । त्यस्तै हुलाक सेवा र स्कुल लगायतका लागि समेत राहतको व्यवस्था गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com