२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
कोभिड १९ अपडेट

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १५ हजार २७३ संक्रिय संक्रमित छन् । आज नेपालमा १२ हजार ६२९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ रहेका छन् । होम आइशोलेशनमा ६ हजार २१० रहेका छन् ।

उपत्यकामा हालसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।

थप ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →